दशैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासियो
1.7K
काठमाडौ - दशैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासिएको छ । चाडपर्वमा फलफूलको व्यापार निकै राम्रो हुने गर्छ । यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको फलफूल थोक व्यवसायी संघले जनाएको छ । दशैका टिका थाप्न जादा फलफूल कोशेली लाने चलन रहेकाले पनि फलफूलको व्यापार निकै बढेको छ ।
तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल र ब्यापारीकोमा फलफूलको भाउ उच्च छ । दशैंमा स्याउ, केरा, नरिवल, मौसम र सुन्तला धेरै प्रयोग र किनबेच हुने फलफूल हुन् । फलफूलको बजार मूल्य सबै ठाउँमा एकनाश छैन । त्यसैले एउटै प्रजातिका फलफूल किन्दा उपभोक्ताहरुले फरक फरक मूल्य तिर्न बाध्य छन् ।