रुपन्देही घटनाः सुरक्षाकर्मी माथि पेट्रोल बम प्रहार भएपछि ४९ सुरक्षाकर्मी घाइते भएका थिए
रुपन्देहीको बुटवल अन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्ष(एसपी)सहित ४९ जना सुरक्षाकर्मी घाइते भएका छन्।
आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झडप भएको हो। उक्त झ’डपमा नेपाल प्रहरीतर्फ ३० र सशस्त्र प्रहरी ब’लका (एसपी)सहित १९ गरी ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्।
झडपमा सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, हवल्दारहरु दिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तीलबहादुर धामी, रुद्रबहादुर खत्री, जनकराज जोशी रविन्न्द्रकुमार गौड र चुमानसिंह थापा घाइते भएका छन्। यस्तै, सशस्त्र प्रहरीका जवानहरु सन्तोष बस्नेत,
इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त डिसी, लोकनाथ खनान, गणेश रावत, प्रेम बिक सुरज दयाल र कृष्णबहादुर थापा घा’इते भएको सशस्त्र प्रहरीका एसपी राजेश उप्रेतीले जानकारी दिए। यस्तै, नेपाल प्रहरीतर्फ ३० जना घा’इते भएका छन्।
त्यस्तै, सर्वसाधारणतर्फ गुल्मीका ३२ वर्षीय जंगबहादुर परियार, पाल्पाका ३५ वर्षीय गम्भीरसिंह डिसा, नवलपरासी पश्चिमका सर्वेस केवट, पाल्पाका ३८ वर्षीय प्रेम कामी घा’इते भएका छन्।
घा’इतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।
उनका अनुसार घटनामा चार जनाको मृ’त्यु भएको छ। तीमध्ये एक जनाको मात्रै स’नाखत भएको छ। स’नाखत हुनेमा बाडगंगा तीन कपिलवस्तुका रमेश परियार छन्। अन्य तीन जनाको स’नाखत भएको छैन। अ’तिक्रमण भएको जग्गाको सु’रक्षार्थ खटिएका प्रहरीमाथि ढुंगामुढा,
पेट्रोल बम प्रहार गरेर आक्रमण गरेपछि पहिला अ’श्रु ग्यास र पानीको फोहरा प्रहार गर्दा पनि आक्रमण गर्न नछोडेपछि बाध्यात्मक अवस्थामा गोली चलाउन परेको उनले बताए।
ठूलो संख्यामा आएका आक्रमणकारीले पहिला अतिक्रमित जग्गाको सुरक्षार्थ खटिने प्रहरीका लागि स्थापना गरिएको अस्थायी पोष्ट जलाइदिएका थिए। त्यसपछि प्रहरी बस्नका लागि टाँगिएका पाल खोसेर लगेका थिए।
त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन गरिएका अनेकन प्रयास असफल भएपछि अन्तिम अवस्थामा गोली चलाउने अवस्थामा पुगेको उनको भनाइ छ।