नागरिक पोष्ट News


बडादशैँको आज पाँचौ दिन स्कन्दमाताको विशेष पूजा गरिदै

791

काठमाडौं : बडादशैँको आज पाँचौ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काँखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काँखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली लगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ ।

Must View