सुकुम्वासीमाथि गोली चलाउनु अशोभनीय र गलत : डा भट्टराई
672
काठमाण्डौँ - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा डा भट्टराईले लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु स्वतन्त्र रहेको भन्दै आन्दोलनकारी माथि गोली चलाइनु सरकारको गलत कार्य भएको बताउनुभएको हो ।
सुकुम्वासीहरुको समस्या समाधानमा कुनैपनि सरकारको स्पष्ट नीति नहुँदाको परिणाम अहिले भोग्नुपरेको बताउँदै डा भट्टराईले वास्तविक सुकुम्वासीको पहिचान गरेर तत्काल दीगो समाधान खोज्न आग्रह गर्नुभयो ।
आफू सरकारमा रहदा उक्त प्रयास गरेको बताउँदै छोटो अवधि भएको र विरोध धेरै भएकाले पूरा गर्न नसकेको बताउनुभयो ।