नागरिक पोष्ट News


देशभर आजको मौसम पूर्वानुमान कहाँ के हुँदै छ

672

काठमाडौँ : आज देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको अनुसार आज देशको पहाडी भू–भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Must View