नागरिक पोष्ट News


गायक विमल गौतमको ‘बुद्धिचाल’ नयाँ गीत सार्वजनिक

1.1K

काठमाडौं – गायक विमल गौतमले ‘ बुद्धिचाल ’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको  शब्द गायक स्वयम्  र विदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् ।

गीतमार्फत बुद्धिचाल खेलको प्रचारप्रसारमा सहयोग मिलोस् भन्ने  उदेश्यले ६ वर्ष अगाडि यस गीतको शब्द लेखिएको र परिमार्जन गर्दै सार्वजनिक गरिएको गायक विमल गौतमले बताउनुभयो । गीतमा विशेष गरी बुद्धिचाल खेलको परिचय र यसको विशेषताबारे वर्णन गरिएको छ ।

गायक  गौतमको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा बिक्रम कार्कीको एरेन्ज र मिक्सिङ रहेको छ भने गीतलाई भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यसअघि गौतमले  ‘रुपको झट्का’, ‘घरबेटी बा’ र ‘मायाको दुरी’ लगायतका एक दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

Must View