प्रहरी हिरासतमा युवाको आत्महत्या भएपछि इनरुवामा तनाव, प्रहरीद्धारा अश्रुग्याँस फायर
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या पछि इनरुवामा तनाव ग्रस्त भएको छ । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले हिरासतमै आत्महत्या गरेपछि इनरुवामा तनाव ग्रस्त भएको हो ।
इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार हिरासत भित्रै हकिवले पासो लगाएर आत्महत्या गरेको बताउनु भयो । यसैबीच आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् ।
आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीले प्रहरीको सवारी माथि समेत तोडफोड गरेको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्यास समेत फायर गरिएको प्रहरीले जनाएको छ ।