नागरिक पोष्ट News


जनाती देखेकी ११९ वर्षीय बटुली आमा गिनिज बुकमा नाम लेखाउने तयारीमा  

4.5K

सावित्री बस्नेत सबु , नुवाकोट काठमाण्डौँ बाट लगभग ३ घन्टाको गाडीको यात्रा र भण्डै आधा घन्टाको पैदल यात्रा पछि  नुवाकोट जिल्लाको वडा नं। ८ नुवाकोट थानसिङ छापको एउटा सुन्दर घरमा पुगिन्छ । जहाँ बाटुली लामीछाने बस्नुहुन्छ ,झट्ट हेर्दा सामान्य लाग्ने उक्त घरमा छोरा बुहारीसँगै चारजना नातिनी, पाँच जना पनाती, पाँच जना पनातिनी र एक जना जनाती समेत बसेका छन् । सिन्धुपाल्चोकको गिरानचौरमा जन्मिएकी बाटुलीका श्रीमान छविलाल लामिछाने दिवंगत भइसकेका छन । 

विस १९५९ साल चैत १० गते बाटुली आमाको जन्म भएको तथ्यका आधारमा गत २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाटुलीलाई आमालाई नागरिकता समेत दिइसकेको छ । उहाँको घरमा मन्दिरझै सधै कोहीनकोही मानिसको भिड लागीनै रहन्छ । यी सबैको कारण हुन् ११९ वर्षीया वृद्धा बाटुली लामिछाने । जापानकी ११६ वर्षीय केन टनाकाको विश्वकै जेठी महिलाका रुपमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा सूचिकृत छिन्। यस आधारमा नेपालकी बाटुली केनभन्दा पनि जेठी र विश्वकै जेठी महिला हुन् भन्न सकिन्छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँको सम्मान समेत गरीसकेका छन् ।

उहाँलाई विश्वकै जेठी महिलाका रुपमा चिनाउन आवश्यक पहल केही वर्ष देखिनै मानव आध्यात्मिक प्रतिष्ठान र आईसिटी पत्रकार विकास मञ्चले संयुक्त रुपमा गरीरहेको छ । यसपाली पनि भाद्र १९ गते बाटुली लामिछानेको घरमै पुगेर सस्थाका अध्यक्ष रामकृष्ण कर्माचाय,संरक्षक शिवतान्त्रिक गुरु,बरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, आईसीटी पत्रकार विकास मञ्चको सस्थापक अध्यक्ष भरतराज उप्रेती,कृष्ण तिमल्सीना पत्रकारहरु लगायत समाजसेवीहरु उपस्थितीमा लामिछानेको दीर्घायुको कामना गर्नुको साथै दसैको शुभकामना प्रदान गर्नु भएको हो । शिवतान्त्रिक गुरुले पटक पटक लामिछानेलाई विश्वकै जेष्ठ नागरिको रुपमा चिनाउनको लागि धेरै पहिले देखि पहल गरिरहेको बताउनु भयो । साथै उहाँले आफैले गएर लामिछानेको स्वास्थ्य अवस्था बुझ्नु भयो । त्यस्तै जेष्ठ नागरिक कोषका सभापति तथा वरिष्ठ पत्रकार रामर्कष्ण कर्मचारीले जेष्ठ नागरिक देशका गहना हुन र उहाँहरुको सरक्षण तथा उहाहरलाई सम्मान गर्नु हामी सम्पुर्ण नेपालीको कर्तव्य हो भन्दै उहाँहरुबाट धेरै अनुभव तथा ज्ञान हामीले लिन सक्ने बताउनु भयो । त्यस्तै बरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठले राज्यले नहेरेका यस्ता जेष्ठ नागरिकको कथा व्यथालाई हामी अभियान्ताले उजागर गरी उहाँहरुलाई सहयोग गर्नु पर्ने बताउनु भयो । साथै छिटो भन्दा छिटो आफ्नो टिमले उहालाई जेष्ठ नागरिकको सुचिमा राख्न पहल गर्ने पनि बताउनु भयो ।

Must View