नागरिक पोष्ट News


बाबरीको फाईदा तथा यसको व्यवसायिक खेती गर्ने तरिका भिडियो सहित 

3.6K

बहुउपयोगी जडीबुट्टी बाबरी नेपालको २०० मि देखि १९०० मि सम्मको उचाईमा प्राकृतिक रुपमा उम्ररेको पाइन्छ । बाबरी नरम र बास्नादार एक प्रकारको फुल फुल्ने बास्नादार बनस्पति झार हो । जसमा प्याजी रगंका डाठको तल्लो भागमा क्रमश मिलेर यसका फुलहरु १ सिमी लामा सम्म फुलेका हुन्छन् ।  विश्वमा कुल १५० प्रजातीका बाबरी पाइन्छन् । ती मध्ये नेपालमा ४ वटा प्रजातीहरु पाइन्छन्, जसमध्ये बाबरी एक महत्वपुर्ण प्रजाती हो । यसको बैज्ञानिक नाम ओसिमम बेसिलिकम हो । बाबरी एउटा औषधीय गुण भएको वनस्पति हो । यो फूल फुल्ने वनस्पति पोथ्रा वर्गमा पर्दछ । यसमा मगमग बासना चल्ने र गुलियो रस हुने भएकाले मौरीले असाध्यै मन पराउँछ । यो वनस्पतिको फूल, पात र बीउ औषधिको रूपमा पनि प्रयोग हुन्छ ।

नेपालको ग्रामिण क्षेत्रमा वावरी लाई सुगन्धित् फूलको रूपमा घरआँगनमा वा खेतवारी कतै पनि लगाईने गरिन्छ । मीठो राम्रो वासना संग तुलना गरिन्छ मगमग वसाउने वावरीलाई । वावरीलाई घरेलु औषधिको रूपमा पर्योग गरिन्छ । यो गर्मीको , ग्याष्ट्रिकको र पायल्स् को समस्यामा सतप्रतिशत लाभदायक हुन्छ । वावरीको पाकेको वीजलाई वेलुका सफा मिस्रिपानिमा पकाएर राख्ने र विहान उठ्ने बित्तिकै सो चिसो काडापनी पिउने । एकैदिनमा सकारात्मक परिवर्तन आँउछ ।

बाबरीको फुल फल्ने समय वैशाखदेखि भदौसम्म र फल लाग्ने समय जेठदेखि असोजसम्म हो । यसको बिउको सकंलन ठाउँ अनुसार कार्तिकदेखि फागुनसम्म गर्न सकिन्छ । व्यापारिक प्रयोजनमा यसको सम्पुर्ण भागमा प्रयोग गरिन्छ । बाबरीको यसै महत्वलाई बुझेर गोदावरी नगरपालिकामा कृषक किर्तीमान मगरले विगत एक वर्ष देखि बाबरी खेती गरीरहनु भएको छ । बाबरीसँगै मगरले विभिन्न प्रकारका बहुजडीबुट्टी एलोभेडा,बोजो सिलामको खेती गरिरहनु भएको छ । बाबरी खेतीको उपयोगी यसका फाईदा तथा खेती गर्दा आउने चुनौतीको विषयमा किर्तिमान मगर सँग डिजिटल मिडियाले गरेको कुराकानीको भिडियो सहित 

 

Must View