नागरिक पोष्ट News


आज विश्व हुलाक दिवस मनाइँदै

826

काठमाडौं – आज १४७ औं विश्व हुलाक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो ।

हुलाकलाई सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिने गरिन्छ । विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको थियो। सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

नेपालले संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दे सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी दस्तावेजहरू हुलाकमार्फत नै ओसारपसार गर्ने र निजी क्षेत्रसँग सहकार्य गरी हुलाक वस्तुको सरल, सहज, समयवद्ध पहुँचको सुनिश्चित गर्नेगरी हुलक सेवालाई अघि बढाइने बताएका छन् ।

Must View