नागरिक पोष्ट News


५ बर्ष अन्योलता पच्छात लगानी सुनिश्चितका निमित्त शेयर पीडित संघर्स समितिको पहलमा शेयर प्रमाणपत्र बितरण सुरु

2.1K

काठमाण्डौँ - नयाँ शक्ति पार्टी अन्तर्गत समृद्धि अभियान का संयोजक प्रेम तामाङ को नेतृत्वमा विवेकसिल आदर्श इनभेस्मेन्ट कम्पनी प्रा।लि र इनर्जी इन्जिनियरिङ्ग कम्पनी बिच ११ करोड को सम्झौता भइ तत्कालीन नयाँ शक्ति पार्टी कार्यकर्ताहरु बाट उठाइयको पैसाको बिगत ५ बर्ष अन्योलता पच्छात लगानी सुनिश्चितका निमित्त शेयर पीडित संघर्स समितिको पहलमा शेयर प्रमाणपत्र बितरण सुरु भयको छ ।

विगत लामो समयको विवाद पछि माथिल्लो मैलुङखोला ए लघुजलविद्युत आयोजनाले किनारा पाएको छ । माथिल्लो मैलुङखोला ए लघुजलविद्युत आयोजनाका संस्थापन शेयर लगानीकर्ताहरुले शेयर लगानी पीडित संघर्ष समिति गठन गरेका थिए । २०७४ सालमा गरेको शेयर लगानी गर्ने भन्दै संकलन गरिएको रकमबारे वर्षौसम्म कुनै जानकारी नभएपछि लगानी डुबेको आशंकामा लगानीकर्ताहरु  तत्कालीन समयमा आन्दोलित बनेका थिए ।

काठमाडौँमा भएको भेलाले चन्द्रप्रसाद पौडेलको संयोजकत्वमा सात सदस्यीय पीडित संघर्ष समिति गठन गरेको थियो । संघर्ष समिति गठन गर्नुको कारण जनताको लगानी कहाँ छ भनेर खोज्नको लागि समिती गठन गरेको संयोजक पौडेल बताउनु हुन्छ । 

गठित समितिले तत्कालीन नयाँ शक्ति पार्टीको अगुवाईमा विवेकशील आदर्श इन्भेष्टमेन्ट कम्पनीले नुवाकोट, रसुवालगायत बागमती प्रदेशका विभिन्न जिल्लाबाट करोडौँ रकम संकलन गरेको रकमको वास्तविक अवस्था सार्वजनिक गर्न माग गर्ने निर्णय समेत गरेको थियो । सोही अनुसार रकम खोज्दै गएको र विवेकशी आर्दश प्रा लि बाट इनर्र्जी इन्जियरिगं कम्पनीमा लगानी लग्न सफल भएको बताउदै जनताको लगानी सुरक्षीत रहेको पौडेल बताउनु हुन्छ ।

माथिल्लो मैलुङखोला ए लघुजलविद्युत को सेयर पार्टीसँग मिलेर हिनामिना भएको कुरामा पुर्व नयाँ शक्ति पार्टीको केन्द्रिय सदस्य तथा जनता समाजवादी पार्टी का केन्द्रिय परिषद सदस्य निमा ह्ल्मो लामा सेयर लगानीको विषमा कुरा उठेको र यसलाई आर्थिक विकासको लागि उठाउनु पर्ने मा जोड दिदै सेयर धनी लगानी कर्ता र हाइड्रो पावर विचमा सुचनाको ग्याप भएको बताउनु हुन्छ  ।  साथै लगानी कर्ताको लगानी दुव्दा लगानी कर्ताले आफ्नो शेयर भएको नभएको बारेमा बुझ्नै अन्यौल भएको बताउनु हुन्छ । धमीलो पानीमा माच्छा मार्न खोजेको समेत लामा बताउनु हुन्छ । 

५ वर्षअघि तत्कालीन नयाँ शक्ति पार्टीका कार्यकर्ता र सर्वसाधारणबाट करोडौँ रकम संकलन गरी शेयर धनी प्रमाणपत्रसमेत उपलब्ध नगराई रकमबारे कुनै जानकारी नदिइएकाले रकम हिनामिना भएको लगानीकर्ताको गुनासो र हल्ला बारे आयोजनाको पैसा धेरै ठुलो भएको र व्यक्तिहरुनै पहिचान नभएसी कसरी शेयर प्रमाण पत्र बाड्ने त्यसैले सघर्ष समिती मार्फत व्यक्तिहरुको पहिचान गरी प्रमाण पत्र बाड्न सफल भएको  इनर्जी इन्जिनियरिङ प्रा।लि। का प्रबन्ध निर्देशक  जित मान शेर्पा बताउनु हुन्छ । 

लगानीकर्तालाई आयोजनामा लगानी रकम बराबरको शेयर प्रमाणपत्र उपलब्ध गराउन प्रवद्र्धक कम्पनी इनर्जी इन्जिनियरिङ प्रा।लि। सँग माग गर्ने समितिको निर्णय छ । समितिले माथिल्लो मैलुङखोला ए लघुजलविद्युत आयोजनामा लगानी गरेका लगानीकर्तालाई आफूसँग भएको प्रमाण अर्धकट्टी र नागरिकताको प्रतिलिपिसहित सम्पर्क गर्न अनुरोध समेत  लामाले गर्नु भएको  छ ।

Must View