नागरिक पोष्ट News


सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक

1.3K

काठमाडौँ - सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले विदेशमा छोरी र नेपालमा बाबुको एक्लिएको कथा बोल्छ । लघु चलचित्र आजबाट नै नेपालमा नेट टिभी मार्फत र भिडियो पसल मार्फत विदेशमा रहेका दर्शकले हेर्न सक्ने प्रस्तुत कर्ता थापाले बताएका छन् । १५ मिनेटको चलचित्रमा सुवासप्रसाद पाण्डे र नमराज भण्डारीको निर्माण रहेको छ । चलचित्रमा वसन्त पोख्रेल मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा सरिता भुजेल, सुरेन्द्र थापा, अजय पन्त, आर के बिसी, सम्झना थापा र बाल कलाकार श्रीदा पाण्डे को अभिनय छ ।

चलचित्रमा वसन्त पोख्रेलको लेखन तथा निर्देशन रहेको छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाङ्कन, मनोज राज बहाकको ध्वनि, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको शृङ्गार लघु चलचित्रमा रहेको छ ।

Must View