नागरिक पोष्ट News


वडा अध्यक्ष अमृत थापाको सक्रियतामा निर्माण भयो तारकेश्वर १० मा अत्याधुनिक बहुउद्देश्यीय पार्क

1.4K

२१ असोज, काठमाडौं । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा निर्माण भएको लोकतान्त्रिक पार्क करिव ५ रोपनी क्षेत्रफलमा निर्माण भएको छ । वडा नं। १० का जनप्रतिनिधिहरुले चुनावमा प्रतिवद्धता गरेअनुसार पार्क निर्माण भएको हो । तारकेश्वरका सक्रिय वडाअध्यक्ष अमृत थापाको पहलकदमी र सक्रियताले गर्दा नै पार्क निर्माण भएको हो । पार्क निर्माणका लागि उपभोक्ता समिति मार्फत् काम सम्पन्न गरी आज बागमती प्रदेश सांसद् योगेन्द्र संग्रौला र तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराले संयुक्त रूपमा पार्कको उद्घाटन गरेका छन् ।

पार्क निर्माणको लागि बागमती प्रदेश सरकारबाट १ करोड रुपैयाँ र तारकेश्वर नगरपालिकाबाट अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण, राधाकृष्ण मन्दिर निर्माण, शिव मन्दिरमा ढुंगा बिछ्याउने कार्य, जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण र खुल्ला व्यायमशाला निर्माण कार्य सम्पन्न भएकाृे छ । त्यस्तै बुद्धको प्रतिमा निर्माणका लागि तारकेश्वर नगरपालिका र उपभोक्ता समितिको ५०÷५० लागतमा कार्य सम्पन्न भएको थियो ।

त्यस्तै वडा नं। १० को आर्थिक सहयोथमा मनकामना मन्दिरमा ढुंगा बिछ्याउने कार्य, चिल्ड्रेन पार्क, पार्कको वरिपरी चारओटा फलामे गेट र बार निर्माण र रंगरोगन, पार्कमा बत्ती राख्ने कार्य वडाले गरेको छ ।

लोकतान्त्रिक पार्क तारकेश्वर नगरपालिकाको ५ ओटा नगर गौरवका पार्कहरुमध्ये सबैभन्दा बढि उपयोगी हुने साँघुरो क्षेलफलमा बनेको अत्याधुनिक बहुउद्देश्यीय पार्क हो । यस पार्कभित्र मनकामना मन्दिर, शिव मन्दिर, राधाकृष्ण मन्दिर, जेष्ठ नागरिक मिलन केन्द्र, चिल्ड्रेन पार्क, बुद्धको प्रतिमा, खुल्ला व्यायमशाला, पोखरी, झरना, सार्वजनिक शौचालयसहितको हरियाली पार्क रहेको छ । पार्कमा १२ वर्ष मुनीका बालबालिकाहरूलागि चिल्ड्रेन पार्क, १३ देखि २५ वर्ष उमेरका युवायुवतीहरुका लागि हरियाली पार्क जहाँ फोटो खिच्नका लागि अति नै सुन्दर रहेको छ । २६ देखि ५५ वर्ष उमेरका नागरिकका लागि खुल्ला व्यायमशाला र ५५ देखिमाथिका लागि पार्क घुम्दै जेष्ठ नागरिक मिलन केन्द्रमा बसेर टिभी हेर्न, पुस्तक पढनुका साथै मन्दिरमा बसेर भजनकिर्तनमा रमाउन सकिनेछ ।

बच्चादेखि बृद्धसम्मले एउटै पार्कभित्र बसेर रमाउन मिल्ने ढंगले निर्माण गरिएको वडाअध्यक्ष अमृत थापाले बताउनुभयो । थापाले पार्क निर्माणको लागि सहयोग गर्ने सबै उपभोक्ताहरु, संघ÷संस्थाहरु र पार्क निर्माणको लागि लागि पर्ने उपभोक्ता समितिलाई धन्यवाद दिनुभएको छ ।

तारकेश्वर नगर गौरवका पार्कहरु अझै ३ ओटा बन्न बाँकी रहेका छन् । सबैभन्दा पहिला तारकेश्वर १० ले निर्माण गरेको हो । तारकेश्वर वडा नं। १० मा मात्र पाँच ओटा पार्क निर्माण भएको छ । एउटै वडामा पाँच ओटा पार्कको निर्माण भएको वडामा तारकेश्वर १० पर्दछ । अहिले २ ओटा पार्क निर्माण सम्पन्न भइसकेको छ । जसमा हिलेडोल हिमालय उद्यान पार्क, लोकतान्त्रिक पार्क, मनमैजु हाइट शो पार्क ९कुलदेवता मन्दिर स्थल०मा ६० प्रतिशत कार्य सम्पन्न । इन्द्रायणी सामुदायिक बनमा कम्पाउण्ड वाल निर्माण र मजमैजु गणेशथान मुनिको जग्गामा वाल निर्माण गरेरु जग्गा संरक्षण कार्य सम्पन्न । वडा अध्यक्ष अमृत थापाकाअनुसार झाडी र फोहोर फाल्ने गरेका भिरालो जमिनहरुमा पार्क निर्माण गरेर सुन्दर वडा बनाउने आफ्नो योजनाअनुसार यसै वर्षभित्र सम्वभ भएसम्म निर्माणधिन २ पार्कको पनि उद्घाटन गर्ने लक्ष्य लिएको बताउनुभयो । इन्द्रायणी बनमा सङ्ग्रहालय सहितको सिसमल निर्माणको डिपिआर तयारी अवस्थामा रहेपनि बजेट अभावका कारण कार्य अघि बढ्न सकेको छैन ।

२०६२÷६३ जनआन्दोलनपछि साविकको खर्क चौरलाई लोकतान्त्रिक चोक नामाकरण गरिएको थियो । अहिले यसै खर्क चउर लोकतान्त्रिक पार्कको नामाकरण गरिएको छ । यस पार्कको एउटा विशेषता भनेको पार्कभित्रको परेको आकासे पानीलाई दुई स्थानबाट पार्कभित्र नै संकलन गरिएको छ । जमिनमुनी संकलन भएको पानीले पार्कलाई हरियाली बनाइ राख्ने लक्ष्यअनसुसार निर्माण भएको थापाको बुझाई छ ।

लोकतान्त्रिक पार्क निर्माण समितिलाई सर्वसाधारणहरुबाट आएको आर्थिक सहयोगबाट मनकामना मन्दिर प्राङ्गण शिव मन्दिरमा देवताका मुर्तिहरु राख्ने काम भएको छ । पार्कभित्र रहेको झरना निर्माणका लागि होमबहादुर बोगटीले आथिृक सहयोग गरेका थिए । त्यस्तै पार्क निर्माणका लागि वित्तिय संस्था र शैक्षिक संस्थाहरुको समेत सहयोग रहेको छ ।

पार्क उद्घाटन कार्यक्रमका प्रमुख अतिथि योगेन्द्र संग्र्रौलाले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि आफु केही समय अस्वस्थ भएपनि योजना र कार्यक्रमहरु अरुले भन्दा धेरै ल्याउन सकेको बताउनुभएको छ । उहाँले पार्क निर्माणका लागि पर्ने उपभोक्ता समिति र वडा कार्यालयलाई धन्यवाद प्रकट गर्नुभएको छ । त्यस्तै कार्यक्रमका विशेष अतिथि नगर प्रमुख रामेश्वर बोहराले तारकेश्वरमा पूर्वाधार निर्माणहरु धेरै भएको र अब संरक्षण कसरी गर्ने भन्ने चुनौती आुफलाई आएको बताउनुभयो । नगरप्रमुख बोहराले धेरै निर्माण गर्नुभन्दा पनि भएकालाई संरक्षण गर्नु ठूलो कुरा रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा तारकेश्वर १० का अध्यक्ष अमृत थापा, वडाका जनप्रतिनिधिहरु, नागरिक समेतना समाज नेपालका अध्यक्ष प्रा।डा। प्रदिपचन्द्र गौतम, सल्लाहकार श्यामकृष्ण महर्जन, तारकेश्वर नेपाली काँग्रेसका नगर सभापति कृष्णहरि महर्जन, वडा नं। १० का सभापति कुमार राई, माओवादी केन्द्रका नगर अध्यक्ष रामकुमार थापा, वडा कमिटि अध्यक्ष बिनोद पौडेल, समाजसेवीहरु, महिला समुहहरुको सहभागिता रहेको थियो ।

Must View