नागरिक पोष्ट News


निशुल्क तालिम लिएका ११ व्युटिसियन प्रमाण पत्र वितरण 

1.7K

काठमाण्डौँ - न्यु आइ  टि सी  प्रोफशनल व्युटी ट्रेनिङ सेन्टर कंलकी को आयोजनामा केही समय देखि निशुल्क तालिम लिई रहेका ११ जना व्युटिसियनलाई प्रमाण पत्र वितरण गरिएको छ । 

सेन्टरकी सञ्चालिका मेनुका सुवेदी गगांको सभापतित्वमा साहारा महिला विकासको हल कलकींमा सम्पन्न प्रमाण पत्र वितरण कार्यक्रममा बेसिक,एडभान्स र डिप्लोमा कोर्स सम्पन्न गरी दक्ष भएका व्युटिसियनहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । सोमबार सम्पन्न उक्त कार्यक्रममा साहारा महिला समाजकी अध्यक्ष विना दाहाल प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । 

व्युटिसियन नेपाल २०२० की विजेता सजना खतिवडा र वरिष्ठ व्युटिसियन निको बस्नेत तथा स्कीन भिटा कम्पनीका डाईरेक्टर सचिन मुडवरी विशेष अतिथि रहनु भएको थियो ।  कार्यक्रममा वरिष्ठ समाजसेवी भगवती न्यौपाने , समाजसेवी द्धारीका के सी , सञ्चारकर्मी महेन्द्र प्रसाद सापकोटा , गायीकाहरु करिष्मा के सी , अस्मिता गौत्तम र कमला मल्लको उपस्थिीति रहेको थियो । 

स्कीन भिटा कम्पनीले सपोर्ट गरेको उक्त कार्यक्रममा दक्ष भई प्रमाणपत्र पाएका व्युटिसियनहरुलाई आफुले  सिकेको सिपको व्यवसायिक प्रयोग गरि लाभ लिन समेत सुझाव दिए । 

 

Must View