नागरिक पोष्ट News


मालश्री धुन के हो ?

1.8K

नेपालको सरोद बाधक यशराज वस्ताज व्यान्द का प्रमुख यश राज वस्ताज सरोद बाढकको विषयमा सरोद जति बजायो उत्तिकै आफ्नो हातमा निखारता आउने बताउनु हुन्छ । अरु बाजा भन्दा बजाउन अलि कठिन हुने यस बाजालाई विजया दशैको अवसरमा घटस्थापना देखि पुर्णिमा सम्म बजाउने चलन छ । 

यो धुन महेन्द्र प्रताप मल्लको पाला देखि सुरु भएको कथन छ । मल्ल कालीन समयमा विषेश गरी मल्लकालीन राजाहरुले यस धुनलाई शुभको लागि बजाउने गरेको पाइन्थ्यो भन्ने किम्बदन्ती रहेको छ । विशेष गरी शास्त्रीय संगीतहरुमा यो बाजा बढी प्रयोग गरिन्छ । 

मालश्री धुनमा गितार,सितार,ताँकुरा तबला लगायतको बाजा को मिश्रण सहित शरद ऋतुको घमाईलो समयमा यो धुन सुन्दा मनै रमाईलो हुन्छ । विशेष गरी दशैँको समयमा देविको पुजा पाठ र आरधना को लागि परम्परा देखिनै मालश्री धुन बजाउदै आईएको छ । मालश्री धुनको महत्व पछिल्लो समयमा लोप हुदै गईरहेको छ । यसको संरक्षण र प्रवद्धन गर्नु आजको संगीत प्रेमीहरुको आवश्यक पनि देखिन्छ । 

 

Must View