नागरिक पोष्ट News


अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह, को हुन् पन्चा सिंह ?

2.1K

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष निवर्तमान उपाध्यक्ष पन्चा सिंह हुने भएकी छिन् । १४ गतेबाट जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व छान्ने जिम्मा नेकपा माओवादी केन्द्रको स्थायी समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

आज विहान अध्यक्ष निवास खुमलटार पुगेका विद्यार्थी नेताहरुलाई अध्यक्ष प्रचण्डले सिंहलाई नेतृत्वमा चयन गर्ने बताएका हुन् । यो सँगै अखिलले आफ्नो इतिहासमा पहिलोपटक महिला अध्यक्ष पाउने भएको छ ।

अध्यक्षका मुख्य दावेदार सिंह, सुरेन्द्र बस्नेत र तिलकराज भण्डारी थिए ।

कालीकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा भूमिगत भएकी थिइन् । जतिबेला उनी १४ वर्षकी थिइन् । सुरुका ५/६ महीना कलाकारको टिममा थिइन् । लगत्तै विद्यार्थी संगठनमा आबद्ध भइन् ।

०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी थिइन् । १७औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी सिंहले ०६५ मा भेरी-कर्णालीको संयोजकको जिम्मेवारी पाएकी थिइन् ।

त्यसपछि केन्द्रीय सचिव निवार्चित हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्वारीमा थिइन् । २१औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।

Must View