नागरिक पोष्ट News


हिमानी शाहले ४५ औं जन्मदिन यसरी मनाइन् : सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको छ

1.7K

पूर्वयुवराज्ञी हिमानी शाहले शुक्रबार आफ्नो ४५ औं जन्मदिन मनाएकी छन्। शाहले जन्मदिन उत्सवका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। उनको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो । हिमानी हाल एक्लै बस्दै आएकी थिइन । हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको भनिदै आएको छ ।

हाल राजनीतिबाट अलग रहेकी हिमानी सामाजिक कार्यमा जुटेकी छन् । उनको हिमानी ट्रष्ट नामक संस्था छ । हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी छन्।

हिजो मात्र एक कार्यक्रममा शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी थिइन । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताईन ।

उनले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताईन । युवा र महिलाहरुलाई गरिबी निवारण गर्नका लागि नयाँ तौरतरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताईन । उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताईन । उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताईन ।

Must View