नागरिक पोष्ट News


नगर सभापतिको आकांक्षी तथा दावेदार कृष्णहरि महर्जन र श्रीराम थापाबीच प्रतिस्पर्धा हुँदै

1K

तारकेश्वर, १६ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको पहिलो चरणमा वडा अधिवेशन सम्पन्न भएपछि तारकेश्वर नगरपालिकामा नगरस्तरीय अधिवेशनको प्रक्रिया शुरु भएको छ ।

दोस्रो चरणमा सम्पन्न हुन गइरहेको नगरास्तरीय निर्वाचनमा आज नगर सभापतिको आकांक्षी तथा दावेदार कृष्णहरि महर्जन र श्रीराम थापाबीच प्रतिस्पर्धा हुँदै छ । दुइ ठूला नेताहरुको बीचमा नगर सभापतिमा प्रतिष्पर्धा हुनलागेपछि कार्यकर्ताको सक्रियता र दौडधुप पनि शनिबार बिहानैदेखि बढ्न थालेको छ ।

 

नगरमा सभापति कृष्णहरि महर्जनको प्यानलमा उप- सभापतिमा सञ्चारकर्मी तथा नेता लक्ष्मीराज भण्डारी, जमुना तिमिल्सिना, सचिवमा शंकर तिमिल्सिना, भवनाथ गजुरेल रहेका छन् भने नगर सभापतिका अर्का प्रतिष्पर्धी श्रीराम थापाको प्यानलमा उप-सभापतिमा नवराज अर्याल, मन्जु शाही, सचिवमा कुमार महत, राजु फुयाँल , सहसचिवमा दिपक श्रेष्ठ, सरस्वती पौडेल (राई) रहेका छन् ।

 

यसअघि कांग्रेस काठमाडौं क्षेत्र नं. ४ कोषाध्यक्ष भएका नगर सभापतिका उमेद्वार कृष्णहरि महर्जन पार्टी केन्द्रीय सदस्य तथा सांसद भिमसेनदास प्रधानको निकट नेता हुन् भने यस अघि तारकेश्वर नगरपालिका सभापति रहेका श्रीराम थापा प्रकाशमान सिंह निकट नेता हुन् ।

 

कोषाध्यक्ष महर्जनको सहयोगमा भिमसेनदास प्रधान गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । थापा भने आफैं स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।

 

कांग्रेस राजनीतिमा पार्टीको केन्द्रीय चुनावी परिणामलाई प्रभावित गर्ने मत भएकाले यसपटक नेता प्रधान र सिंहले समेत तारकेश्वरको राजनीतिमा बढी चासो देखाएका छन् । उद्यमी महर्जनलाई युवाहरुकाे साथ बढि रहेकाे उनिनिकट नेताहरुकाे दावी छ । यस्तै थापा पनि नगरमा सकृय पुराना काँग्रेसी भएकाले जीत निकाल्ने सम्भावना रहेकाे थापा निकटहरुकाे जिकिर छ ।

 

Must View