नागरिक पोष्ट News


कांग्रेसको काठमाडौं महानगर अधिवेशन सुरु

1.3K

काठमाडौं – कांग्रेस काठमाडौंको महानगर अधिवेशन अधिवेशन सुरु भएको छ। अधिवेशन राष्ट्रियसभा गृहमा सुरु भएको हो ।

कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेको महानगरको अधिवेशनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, काठमाडौं कांग्रेसका सभापति सबुज बाँनिया लगायतको उपस्थित छ । मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको राजधानीमा हुने स्थानीय तह अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन । कांग्रेसले आगामी मंसिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको  छ।

Must View