नागरिक पोष्ट News


एसपी प्रभु ढकाल जसले गण्डकीमा १३ महिना रहदा राजस्व संकलन र ट्राफिक सेवामा उत्कृष्ट काम गरे

1.7K

काठमाडौँ – गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी प्रभु ढकालले गण्डकीमा १३ महिनामा नै उत्कष्ट कार्य गर्न सफल भएका छन् ।

गत वर्ष भदौ ११ गते गण्डकी ट्राफिक प्रहरी प्रमुखको कार्यकाल सम्हालेका एसपी ढकालले गत आर्थिक वर्षमा विभिन्न प्रकारका सवारी नियम उल्लंघन गरेका १ लाख ९ हजार ८४४ वटा सवारी साधनहरुलाई कानुन बमोजिम कारबाही गरी ७ करोड १९ लाख ६४ हजार २ सय रुपैयाँ राजश्व संकलन गर्न सफल भएका छन् ।

ट्राफिक प्रहरीको आचरण, व्यवहारमा सधुार ल्याउन उनले चालक सह–चालकहरुलाई आदर र सम्मानपूर्वक नमस्कार गर्दै सेवा दिने गरी प्रदेशभर “नमस्ते अभियान” समेत सञ्चालन गरेका छन् । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा काननु मन्त्रालयसँगको समन्वयमा गण्डकी प्रदेशका विभिन्न ७ वटा जिल्लाहरुमा ट्राफिक सचेतना कार्यक्रम गरेको र सवारी न्यूनीकरणका लागि चालकसँग १ मिनेट कार्यक्रममार्फत १ लाख ६५ हजार ९३९ जना लाभान्वित भएका छन् 

एसपी ढकालकै नेतृत्वमा गण्डकी प्रदेश ट्राफिक प्रहरीले दुई पांग्रे सवारी साधनका चालकसँग सडकमै ५ मिनेट सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चाचालन गरेर गत असार महिनासम्म २ लाख ५८ हजार २७७ जनालाई ट्राफिक सचेतना प्रदान गरेको छ । यस्तै एसपी ढकालै नेतृत्वमा उत्कृष्ट ८६ जना चालक–सहचालकलाई सम्मान गरिएको छ भने प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गरी ५० लाख मूल्य बराबरको ट्राफिक व्यवस्थापनका लागि चाहिने १४ प्रकारका उपकरण एवम् सामाग्रीहरुको व्यवस्थापन गरी मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई वितरण समेत गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि, जनचेतनाका लागि बोर्डहरु बनाएर टाँसेको, विभिन्न निकाय र संघसंस्थासँगको सहकार्यमा संकलन गरी ३५ हजार थान मास्क, १० हजार लिटर सेनिटाइजर, ३७५ थान फेस सिल्डमातहत प्रहरी कर्मचारी तथा सर्वसाधरणहरुलाई वितरण गरिएको छ । आफ्नो १३ महिनाको कार्यकायलमा प्रदेश ट्राफिक कार्यालयको भवनको स्तरोन्नती गरेको, कार्यालय हाताभित्र टेलिभिजन, इन्टरनेट लगायतका सुविधाहरु सञ्चालन गरेको, चारपांग्रे र दुईपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै ग्यारेज निर्माण गरेको र कार्यालयका ट्राफिक प्रहरी कर्मचारीहरुका लागि ब्याडमिन्टन कोर्ट, टी।टी। बोर्ड तथा स्वच्छ पिउने पानी छान्ने युरो गार्ड जडान गरी कार्यालयको भौतिक निर्माणको अवस्थामा उल्लेख्य सुधार गरेको एसपी ढकालले जनाएका छन् ।

यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरीले कोरोना महामारी रोकथामका लागि नेपाल सरकारले जारी गरेको अध्यादेश कार्यान्वयनका क्रममा निषेधाज्ञा उल्लंघन गर्ने ३४४ जनालाई कारबाही गरी ४ लाख ५५ हजार ९ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

समग्र ट्राफिक व्यवस्थापनमा उल्लेखनीयय सधुार गरी कार्यालय तथा मातहतका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुमा जुनियर प्रहरी अधिकारीको नेतृत्वमा ३ जना प्रहरी कर्मचारी रहेको १२ वटा द्रूत प्रतिक्रिया टिम तयार गर्दै गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष ६।०३ प्रतिशतले सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालय सफल भएको छ ।

Must View