नागरिक पोष्ट News


नगर सभापतिमा कृष्णहरि महर्जनको सम्भावना कति ?

3.4K

काठमण्डौँ  - नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सङ्घारमै छ । अधिवेशनका लागि देशभर काँग्रेसका कार्यकर्ताको दौडधुप चलिरहँदा काठमाण्डौंमा पनि कार्यकर्ताहरू अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशनले गर्दा काँग्रेस तारकेश्वर नगरको नयाँ कार्य समितिका लागि पनि माहोल तातिएको छ । यस पटकको अधिवेशनमा उम्मदेवारहरुबीच कडा प्रतिस्पर्धा हुने जानकारहरू बताउँछन् ।

नेपाल निर्माण सामाग्री व्यापार सङ्घका उपाध्यक्ष एव नेपाली काँग्रेस क्षेत्र नं. ६का क्षेत्रिय कोषाध्यक्ष कृष्णहरि महर्जन आउँदै गरेको नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा तारकेश्वर नगरको सभापतिका दाबेदार हुन । नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा काँग्रेस तारकेश्वर नगर सभापतिको उम्मेदवारी दिएका महर्जनको सम्भावना कति छ ? के उनी बन्लान् त नगर सभापति ? यहीँ नै अहिले सबैको चासोको विषय बनेको छ ।

महर्जनको राजनीतिक यात्रा

विगत दुई दशकदेखि राजनीतिक क्षेत्रमा कुशल राजनीतिज्ञको रूपमा परिचित नाम हो,कृष्णहरि महर्जन । उनी २०५८ साल देखी नेपाली कांग्रेसको भातृसंगठन नेबिसंघमा आबद्ध हुँदै २०६० सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएर पार्टीको सदस्य , सचिव , उपसभापति हुँदै बिद्यार्थीहरुको हकहितको लागि लडेका थिए । १३औँ महाधिवेशनमा क्षेत्र नम्बर ६ बाट क्षेत्रिय कोषाध्यक्षमा निर्वाचित भएका महर्जनले आफ्नो कार्यकालभर राम्रो काम गर्दै क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भीमसेनदास प्रधानलाई चुनाव जिताउनेमा उनको मुख्य भूमिका समेत रहेको थियो ।

सामाजिक क्षेत्रमा महर्जनको योगदान

उनको राजनीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । कुशल राजनीतिज्ञ मात्र नभएर उनी एक क्रियाशील सामजसेवीका रुपमा पनि तारकेश्वर क्षेत्रमा चिनिन्छन् । कोरोना महामारीको समयमा उनले झन्डै ८ सय भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेका थिए । यसका अतिरिक्त महर्जनले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोले ठूलो क्षति पु-याएसँगै विस्थापित हुन पुगेकालाई उनीहरूको घर दैलोमा पुगी राहतका प्याकेज वितरण गरेका थिए । तारकेश्वरको ऐतिहासिक धार्मिक स्थल मनमैजु मन्दिरमा दान दक्षिणा लगायतको सहयोग गर्दै आएका महर्जन सामाजिक काममा निरन्तर क्रियाशील छन् ।

                           आशन्न अधिवेशनका लागि तारकेश्वर नगरको सभापतिका लागी कृष्णहरि महर्जन र श्रीराम थापा मुख्य आकाङ्क्क्षी देखिएका छन् । थापाले सङ्गठनलाई मजबुत बनाउन नसकेकै कारण उनी आफैँले मेयरको चुनावमा पराजय व्यहोर्नुपरेको स्थानीय कांग्रेस नेता कार्यकर्ताहरू बताउँछन् ।

गत स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा समेत काँग्रेस जिताऊ अभियानमा प्रभावकारी भूमिका खेलेका महर्जन युवा पुस्तामाझ विश्वास जितेका युवा नेता हुन् । महर्जनले समाजका लागि गरेको गतिविधि र उनको योगदानको आधारमा तारकेश्वर नगर सभापतिमा उनको सम्भावना निकै उच्च रहेको स्थानीय पार्टी नेता कार्यकर्ता र जानकारहरूले विश्लेषण गरेका छन् ।

Must View