नागरिक पोष्ट News


७७ जनाको ज्यान जोगाउने क्याप्टेन आङगेलु शेर्पासँग रहेकी यी महिला को-पाइलट को हुन् ?

3.1K

काठमाडौं ।  हामी फोटोमा देखिएकी क्याप्टेन शेर्पासँग रहेकी को-पाइलट पेमा लामाबारे कुरा गर्दै छौँ । उनी क्याप्टेन आङगेलु शेर्पाकी श्रीमतीसमेत हुन् ।

विगत केही वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामालाई केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन ? भन्ने प्रश्न धेरै आउने गर्छ ।

महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन् ।

उडान सम्बन्धी तालिम लिन नेपाल नागरिक उडड्न प्राधिकरणबाट सिफारिस पत्र लिनु पर्ने हुन्थ्यो। प्राधिकरणबाट सिफारिस पत्र लिएपछि मार्च २००९ मा उनी १५ महिने तालिमका लागि उनी फिलिपिन्स पुगिन् । त्यहाँ उडान सम्बन्धी १५ महिने तालिम लिइन्। सुरुमा उडान सम्बन्धमा सैद्धान्तिक पढाई हुन्थ्यो । सैद्धान्तिक तालिम लिँदासम्म उनलाई पाइलट हुँदाको अनुभव कस्तो हुन्छ, थाहा थिएन।

उनको सैद्धान्तिक तालिम सकियो, प्रयोगात्मक पढाई सुरु भयो। त्यसपछि बल्ल उनले उडान तालिमको मज्जा लिन पाइन्। त्यो क्षण सम्झँदै उनले भनिन्, ‘फिलिपिन्समा तालिम लिँदाको १५ महिनामा कहिले तालिम सकिएला नेपालमा फर्केर उडान गर्न पाइएला जस्तो लाग्थ्यो।

२०१० को जुलाईमा तालिम सकेर उनी नेपाल फर्किन्। उनमा जोश र जाँगर पर्याप्त थियो। तर त्यो जोस जाँगर लामो समय टिकन पाएन। कारण थियो, यहाँ बेहोर्नु परेको बेरोजगारी। ४० लाख खर्चेर फिलिपिन्समा उडानसम्बन्धी तालिम लिएकी थिइन्।

Must View