नागरिक पोष्ट News


१२औं राष्ट्रिय जनगणनामा देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटिए

1.2K

काठमाडौँ हरेक दस वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागको कार्यतालिकाअनुसार १२औं राष्ट्रिय जनगणनालाई दुई चरणमा सम्पन्न गरिने छ । पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ कार्य जारी राखेको छ । यतिखेर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । सुपरिवेक्षकले देशभरिका ७० लाख घरपरिवारमा गई ३ करोडभन्दा बढी जनसंख्याको प्रारम्भिक विवरण लिइरहेका छन् । गत भदौ ३० गतेबाट सुरु भएको घर तथा घरपरिवार सूचिकरण कार्य यही असोज १८ गते सकिने छ ।

अन्तिम चरणमा दुई किसिमको प्रश्नावली लिएर सोधिने छ । गणकहरू ‘मुख्य प्रश्नावली’ लिएर प्रत्येक घरमा पुगेर विवरण भर्नेछन् भने सोही समयमा सुपरिवेक्षकले ‘सामाजिक प्रश्नावली’ प्रत्येक वडा कार्यालयमा पुगेर भर्नेछन् ।

त्यस्तै केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका १ लाख ५० हजारमध्येबाट छनोट गरेको जनाएको छ । आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म हुने मूल जनगणना कार्यमा खटाउनका निम्ति जनशक्ति छानिएको हो । 

Must View