नागरिक पोष्ट News


श्रीकृष्ण प्रणामी युवा परिषदमा जगदीशचन्द्र शर्माको अध्यक्षतामा २७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन

2.1K

काठमाडौँ। श्रीकृष्ण प्रणामी धर्ममा आस्था राख्ने देशैभरका युवाहरुको संगठन श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको १३ औं राष्ट्रिय महाधिवेशन राजधानीको गोठाटारस्थित नवतनधाममा सम्पन्न भएको छ। आश्विन ९ गते सुरु भएको २ दिवसीय महाधिवेशन जगदीशचन्द्र शर्मा (चितवन)को अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्दै आइतबार सम्पन्न भएको हो।

१३ औं राष्ट्रिय महाधिवेशनबाट संशोधित विधान बमोजिम सर्वसम्मत रुपमा चयन भएका परिषदका उपाध्यक्षहरुमा प्रमोद वाग्ले (हेटौडा),कौशल फुँयाल(काठमाडौँ ),टंकप्रसाद ओझा (सुनसरी),यदुकुमारी बगाले (गोरखा )  रहेका छन्। यसैगरी महासचिवमा सुजन सुवेदी (चितवन ),कोषाध्यक्षमा कमल कृष्ण केसी (ललितपुर),उपमहासचिवमा अनिल कोईराला (रौतहट),कृष्णमुरारी फुँयाल(काठमाडौँ ), सुवास रिजाल (झापा ), सहकोषाध्यक्षमा उमेश प्रधान (भक्तपुर )रहेका छन्।

यसैगरी केन्द्रिय कार्यसमिति सदस्यहरुमा नवराज गौतम(सुर्खेत),राजकुमार आचार्य (नुवाकोट),ईश्वर खतिवडा (मकवानपुर । बालहरि थापा (भक्तपुर ),भीमप्रसाद बगाले (गोरखा ),मोहनमुकुन्द हुमागाईं (काभ्रे),गंग्गालाल श्रेष्ठ (रामेछाप),शंकर अधिकारी(रौतहट),राधिका ओझा ढकाल(काठमाडौँ),गोपाल ढकाल (मोरङ),छत्रमणि अधिकारी(झापा),दिपक दिनेश दाहाल (झापा ),दिपक कार्की(ललितपुर)धर्मराज खनाल (चितवन) र राजु कटेल ईलाम रहेका छन्। केद्रीय कार्यसमितिको बैठकले थप ५ जना सदस्यहरु पछि मनोनीत गर्नेछ। नवनिर्वाचित सबै पदाधिकारीहरुलाई परिषदका पूर्व अध्यक्ष खिल प्रसाद घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

नयाँ कमिटीलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै श्रीकृष्ण प्रणामी मन्दिर नवतनधाम काठमाडौँका बाबाजी श्री १०८ अमृतराज महाराजले युवाहरुमा पनि धर्यता र संयमताको बास हुन्छ भन्ने कुराको असल दृष्टान्त सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुले देखाएको प्रष्ट पार्नुभयो। परिषदको नयाँ कार्यसमितिले युवाहरुको क्षमता विकास, संगठन विस्तार तथा धर्म प्रचारमा अब्बल रहनेछ भन्नेमा आफू विश्वस्त रहेको भन्नुहुँदै महाराजले नवतनधामको तर्फबाट नयाँ समितिलाई शुभ आशीर्वाद प्रदान गर्नुभयो।

दुर्व्यसन त्यागौं, सेवामुखी बनौँ भन्ने पवित्र उद्देश्यका साथ २०४७ सालमा स्थापना भएको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल हाल अहिंसा अभियान, धर्म जागरण र समाजसेवाको क्षेत्रमा एक अब्बल संगठनको रुपमा प्रस्तुत भएको छ। १३ औं महाधिवेशनसम्म आईपुग्दा परिषदले आधा शतक जिल्लामा शाखा र प्रारम्भिक समितिहरु निर्माण गर्न सफल भईसकेको छ। संस्था दर्ताको बखत संस्थामा आबद्ध हुनका लागि १६ देखि ३९ वर्षसम्मको उमेरहद तोकिएको थियो। २०६६ मा विधान संशोधन हुँदा अधिकतम उमेर ४९ वर्ष तोकिएको हो।

Must View