नागरिक पोष्ट News


बुद्धभुमि नेपाल हाइड्रोको आईपिओ खुला, ५० हजार कित्तासम्मको लागि आबेदन दिन पाइने

1.5K

काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले  असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर  बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।

८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।  सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

आईपिओमा असोज १४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा  ढिलोमा असोज २५ गतेसम्म आबेदन दिन सकिने छ  ।  आवेदन  दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि दिन पाइनेछ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आइपीओमा आबेदन दिन सकिनेछ। 

Must View