लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति, जसको घरमा धनको बास हुँदैन
हिन्दू शास्त्र अनुसार समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए । देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए ।विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए । देवराज इन्द्रको अनुरोधमा देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिइन् ।
धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति जसको घरमा धनको बास रहन सक्दैन् ।काम भावना: जुन घरमा स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ । त्यस्तो घरमा लक्ष्मीको लामोसमयसम्म बास रहन सक्दैन् ।अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रोध बढ्ने गर्छ । यस्ता घरमा पनि लक्ष्मीको बास हुनसक्दैन ।
लोभः लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन सक्दैन । शास्त्रमा ‘लोभस्य पाप कारणम्’ भनि उल्लेख पाइन्छ हिंसाः जुन घरमा धेरै मासु,माछा को प्रयोग हुन्छ त्यहाँ पनि लक्ष्मीको बास हुन सक्दैन । स्त्रीको अपमानःस्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ ।स्त्रीको अपमानः स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ ।
यसैगरी यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन । बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ ।घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारक तत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ । यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छःघरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।
घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ घरमा सर९सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।घरमा परिवारको तस्विर राख्दा दक्षिण९पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।
घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर९दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।