नागरिक पोष्ट News


हरेक जिन्दगीको छुट्टै कथा हुन्छ, देखे जस्तो खुसी जिन्दगी कहाँ हुन्छ र

1.2K

१. बाचुन्जेल दुश्मनी कसैसग नगर, मरेपछि सम्झिने कोहि हुदैन ।

२. यहाँ ऋणले थिचेको र भाग्यले मिचेकालाई कसैले गन्दा रहेनछन् ।

३. भोली बाचिन्छ कि मरिन्छ थाहा हुदैन तर पनि मानिसहरु अलराम लगाएर सुत्छन्, शायद यसैलाई भनिन्छ आशा ।

४. कुनै पनि गल्ति मान्छेले दुइपटक गर्न सक्दैन, यदि गर्छ भने उसको गल्ति नै होइन, त्यो त उसको इच्छा हो भनेर बुझ्नुहोस् ।

५. हाम्रो सफलतामा नराम्रो मान्छेहरुको नै सबैभन्दा धेरै हात रहेको हुन्छ किनकि उनीहरु गर्लती देखाउदै जान्छन् र हामी सुधार्दै जान्छौ ।

६. कहिले काही जलेको कागज हेर्छु, यस्तो लाग्छ त्यो कागज खरानी नभएर उडाईदिउ अनि झारिदिउ, त्यसमा लेखिएका काला मसिले सजिएका कागजका यादहरु ।

७. भोकमरिले मर्ने लागेको बालक लासमाथी पैसाको माला देखेर खुसी भयो, मरेपछि पैसा आउने रहेछ भनेर ।

८. जिन्दगीमा घाउ अनगिन्ति हुन्छन् तर दुखाई त्यसको असहाय हुन्छ जुन आफ्नाले दिएका हुन्छन् ।

९. कसैको चित्त नदुखाउने प्रयासमा आफ्नो चित्त कति दुख्यो त्यसको कुनै हिसाब किताब नहुने रहेछ ।

१०. कति कुराहरु यस्ता हुन्छन्, जसलाई भन्नु भन्दा मनमा नै राख्दा आफुलाई आनन्द मिल्ने गर्दछ ।

११. आफ्नो जीवनको कुनै पनि दिन संग निराश नहुनु किनकि राम्रो दिन आयो भने त्यसले खुशी लिएर आउनेछ र नराम्रो दिन आयो भने त्यसले अनुभव लिएर आउनेछ र एउटा सफल जीवनको लागि दुबैको बराबर महत्व छ ।

१२. रिस एउटा यस्तो जाल हो जसमा फस्ने पनि तपाई नै हो, उल्झिने पनि तपाई नै हो र पछी पछुताउने पनि तपाई नै हो । त्यसैले जब रिस उठ्छ तब रिस लाई भन्नुस कि अब म तेरो जालमा फस्ने वाला छैन ।

१३. सम्झौताले बनाएको सम्बन्ध स्वार्थ रहेसम्म मात्र टिक्छ तर प्रेमले बनाइएको सम्बन्ध अन्तिम सास रहेसम्म टिक्छ ।

१४. यदि कसैले तपाईलाई धोका दिन्छ भने यो उसको गल्ति हो तर केहि मान्छेले फेरी धोका दिन्छन् भने अब यो तपाईको गल्ति हो किनकि तपाईले त्यो धोकेवाजलाई फेरी बिश्वास गर्नुभयो ।

१५. तपाई आफै लड्नु र अरुले तपाईलाई लडाउनु यसले फरक पर्दैन किनकि लड्नुले हैन लडेपछि उठ्नुले तपाईको जीवनमा फरक पार्ने छ ।

१६. आफ्नो मनलाई समुद्र जस्तै बनाऊ, तब मात्र सानो तिनो नदीहरु तिमीलाई खोज्दै आउनेछन् ।

१७. हरेक जिन्दगीको छुट्टै कथा हुन्छ, देखे जस्तो खुसी जिन्दगी कहाँ हुन्छ र ।

Must View