मेरो गल्ती मलाई नै भन्ने गर्नुस किनकी सुधार्ने मैले हो दुनियाँले हैन
१. बगिरहेको खोलाले ठुला ठुला ढुंगा काट्छ, त्यो उसको शक्तिले होइन, उसको निरन्तरताले हो ।
२. फुलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बास्नाको मुल्यांकन भएन भनेर कचकच कहिल्यै गर्दैन ।
३. भगवानली जिन्दगी दिनुभएको छ, त्यो नै धेरै ठुलो कुरा हो । अरु भनेको त आफुले बनाउने र कमाउने हो ।
४. मानिसहरु तब राम्रो काम गर्न सक्छन् जब उनीहरुलाई थाहा छ मेरो लक्ष्य के हो र मैले यसलाई किन बनाएको हु ।
५. जसलाई हामी आँखा चिम्लेर बिश्वास गर्छौ, अक्सर उसले नै हाम्रो आँखा खोल्ने काम गर्छ ।
६. समय जति सुकै खराब किन नहोस, फुल सुकेर कहिल्यै पात हुदैन ।
७. तिमी जे बन्न सक्छौ त्यो बन्नको लागि अझैँ पनि ढिला भएको छैन ।
८. आफ्नो मिनेटमा ध्यान दिनुहोस, घण्टाली आफ्नो ध्यान आफै राख्नेछ ।
९. दुश्मनहरुलाई रुवाउनु छ भने मन खोलेर हास्ने गर्नुस, दुश्मन आफै जलेर मर्नेछन् ।
१०. जो मान्छेल गल्ति गर्दैन त्यो मान्छे होइन, तर जो मान्छेले बारम्बार एकै गल्ति दोहोर्याई रहन्छ भने त्यो झनै मान्छे होइन ।
११. तिमी निराश नहोउ, कमजोर तिम्रो समय हो, तिमी होइन ।
१२. मैले तिमीले भनेको सबै कुरा माने भनेत म तिमी भइ हालेनी, कहाँ म रहन्छु र !! कृपया मलाई म नै बन्न देऊ ।
१३. आफ्नो सफलताको ध्वास आफ्नो आमा बुबा सामु नदेखाउनु किनकि आफ्नो जिन्दगी हारेर आमा बुबाले तिमीलाई जिताएका हुन् ।
१४. मान्छे जन्मिएर दुई बर्ष पछी मात्र बोल्न सिक्छ तर के बोल्नु पर्छ यो सिक्नको ;आगी उसलाई पुरै जिन्दगी लाग्छ ।
१५. बुढेसकालमा दुई छाक खाना तपाईको छोराले होइन तपाईले दिनुभएको संस्कारले खुवाउने छ, त्यसैले आफ्नो सन्तानलाई असल संस्कार दिनुहोस ।
१६. आफुलाई बचाउनको लागि अरुलाई दोषी नबनाउनु किनकि सत्यलाई प्रकट गर्ने समय संग आफ्नै तरिका छ ।
१७. मेरो गल्ती मलाई नै भन्ने गर्नुस किनकी सुधार्ने मैले हो दुनियाँले हैन ।