महिनावारीमा कर कहिलेसम्म सरकार, रातो कर माफ गर
1.1K
महिनावारीका बेला प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाएको विरोधमा युथ काँग्रेस नेपालका कार्यक्रमहरुले प्रदर्शन गरेका छन्। बिहीबार माइतीघरमा प्रदर्शन गर्दै उनीहरुले सरकारको सो कदमको विरोध गरेका हुन् । उनीहरुले प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन्। प्रदर्शनमा उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म ?, रातो कर खारेजी गर लेखेका प्लेकार्डसहित विरोध गरेका थिए ।