नागरिक पोष्ट News


घुन्सा हेलिकोप्टर दुर्घटनाको भएको १५ वर्ष पुरा

630

काठमाडौं : ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।

सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंको रामकोटस्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले पर्याप्त रकम बिनियोजन नगरेका कारण दुई वर्षदेखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले गति लिन नसकेको कुरा कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा जानकारी गराउनुभयो । विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाउनुभएको थियो । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।

Must View