नागरिक पोष्ट News


प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास गठन प्रक्रिया मुद्दाको आज टुंगो लाग्ने

672

काठमाडौं : प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन प्रक्रिया मुद्दाको आज टुंगो लाग्ने भएको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेशी तोक्न दिएको आदेश बमोजिम आज पेशी तोकिदैछ ।

संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्ति विरुद्धको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रुपमा छ । प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधान विपरित भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए । सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधान बमोजिम प्रधान न्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुन नसक्ने र रिक्युजलको निर्णय न्यायाधीशको विवेकको कुरा भएको भनेको छ ।

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछि मात्र संवैधानिक नियुक्तिहरु विरुद्धको रिटमाथि सुनुवाई अघि बढ्नेछ ।

Must View