नागरिक पोष्ट News


बैंकको आकर्षक लाभांशले बैंकमा झुम्मिए सेयर लगानीकर्ता

1.3K

काठमाडौं। सेयर कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा स्थिर देखिएको छ।  बजार मापन गर्ने सूचक २.७० अंकले बढेर परिसूचक २८१९.६६ बिन्दुमा रोकिएको छ । यो दिन बजारमा निकै उतार चढाव देखिएको छ । २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९३ अंकले बढेर ५३०.०२ बिन्दुमा रोकिएको छ । कारोबारमा अधिकांश समूहको उप सूचमा गिरावट आएको छ । यो दिन बैंकिङ समूहको ४७.३७, फाइनान्स कम्पनीको उप सूचक ८.२ अंकले बढेको छ भने विकास बैंक ८०.४४, जलविद्युत ७१.८, निर्जीबन बीमा ९२.०४, उत्पादन तथा प्रशोधन ८०.४, माइक्रोफाइनान्स ४६.७९, जीवन बीमा समूहको उपसूचक ५१.०८ अंकले घटेको छ । यो दिनको कारोबारमा बैंकमा लगानी कर्ताको आकर्षण निकै बढेको छ । बुधबार २ वटा बैंकले लाभांश घोषणाको सुरुवात गरेका छन् । दुई वटा बैंकको आकर्षण लाभांश आए पछि अन्य बैंकले पनि सोही अनुपातमा लाभांश आउने धेरैको अपेक्षा रहेको र सोही अनुसार नै बैंकमा लगानीकर्ताको ध्यान पुगेको बताइन थालेको छ ।  

Must View