नागरिक पोष्ट News


चार अनलाइन सञ्चारमाध्यम प्रेस काउन्सिलको कालोसूचीमा

1K

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालो सूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो ।

इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपाल भित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । त्यसैगरी २०७७ साउन देखि २०७८ असार ९ गतेसम्म ४५० वटा स्वअनुगमन भएका छन् । पछिल्लो १५ दिनको अवधिमा १३ वटा स्वअनुगमन भएका छन् । जसमध्ये ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराइएको छ ।

Must View