नागरिक पोष्ट News


गुणस्तरीय शिक्षा संगै संस्कार र जीवनउपयोगी शिक्षामा जोड दिँदै हिम रश्मी स्कूल

1.1K

काठमाडौं - हिम रश्मीले आइएसए अवार्डका लागि अहिले विभिन्न १० भन्दा बढि प्रोजेटहरु गर्दै आइरहेको छ । हिम रश्मीका विद्यार्थीहरुले अहिले बेलायत, श्रीलंका र सिंगापुरका विद्यार्थीहरुसँगको संयुक्त क्लासहरु समेत लिइरहेका छन् । जसमा विद्यार्थीहरुले उताको भाषा सिक्ने र उनिहरुलाई नेपाली भाषा सिकाउने काम गरिरहेका छन् ।

बृटिश काउन्सिलको अग्रसरतामा पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागको प्रत्यक्ष निगरानीमा विद्यालयस्तरमा पठनपाठन गराइने शिक्षण पद्धतिमा विश्वव्यापीकरण गर्दै एक देशको शिक्षण पद्धति अर्को देशको विद्यालयसँग जोड्नका लागि विद्यालयमा ब्रिटिश काउन्सिलले प्रोजेट बेसको शिक्षालाई प्रोत्साहन गर्दै आएको छ । बृटिश काउन्सिलले देशभरिको उत्कृष्ट विद्यालयहरुलाई ३ वर्षको लागि आइएसए अवार्ड प्रदान गर्दै आएको छ ।

जसमा हिम रश्मी हाई स्कुलले सन २०१७ देखि २०२० को अवार्ड प्राप्त गरिसकेको छ । साथै विद्यालयमा नीयमित रूपमा उत्कृष्ट अंकभन्दा संस्कार सहितको जीवन उपयोगी शिक्षामा जोड दिँदै पुनः दोस्रोपटक अवार्डको लागि प्रोजेटहरु अगाडी बढाएको छ । जसमा स्थानीय तारकेश्वर नगरपालिकाको पाठ्यक्रममा स्थानीय खेल गौंचली खेललाई पत्ता लगाएर पुस्तकमा राख्न सफल भएको छ । अहिले हिम रश्मी तलका निम्न प्रोजेटहरु सञ्चालन गर्दै आइरहेको छ ।

 प्रोजेट १ स् हाइड्रोपावर

– हिम रश्मीका विद्यार्थीहरूले हाइड्रोपावर बनाई बिजुली निकालेर बत्ती बाल्न सफल भएको छ । कक्षा ९ र १० का विद्यार्थीहरूले विभिन्न क्षेत्रमा विज्ञि मानिसहरुको सहयोगमा विद्यालयमा नै हाइड्रोपावरको नमुना बनाई बिजुली उत्पादन गरेर बत्ती बालेका छन् ।

हिम रश्मी हाई स्कुलका विद्यार्थीहरुले विद्यालयमा परियोजनाका रुपमा जलविद्युत गृहको नमूना बनाएर विजुली बत्ती बालेका छन् । विज्ञान विषयमा पढेका विद्युतसँग सम्बन्धित सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाउनकालागि विद्यार्थीहरूलाई यस्ता गतिविधिमा संलग्न गराउने गरिएको कुरा परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षक भुपेन्द्र खड्काले बताउनुभयो ।

पाठ्यक्रम विकास केन्द्र र शिक्षामन्त्रालयको सुपरिवेक्षण तथा बृटिस काउन्सिलको प्रत्यक्ष सम्लग्नतामा सञ्चालितआईएसए अवार्डको स्कुलको–अर्डिनेटरका रुपमा पनि रहनु भएको उहाँले यो परियोजना आईएसए अवार्डका लागि आयोजना गरिएको बताउनुभयो ।

जलविद्युत गृहको व्यवहारिक प्रदर्शन गर्नु अघि विद्यार्थीहरूले मस्याङ्दी जलविद्युत आयोजनाको बाँध, पावर हाउस र कन्ट्रोलरुमको प्रत्यक्ष अवलोकन गरी ज्ञान आर्जन गरेकाथिए । यसका साथै भौतिक तथा भर्चुअल रुपमा जलविद्युत विज्ञसँग भेटघाट गरी यस विषयमा थप ज्ञान बटुलेका थिए ।

विषय विज्ञका रुपमा ई। ओम थापा ९सिइओ, राधी विद्युत कम्पनी० र ई। विमल खड्का ९डेपुटी म्यानेजर तथा सिनियर ईन्जिनियर, चिलिमे ईन्जिनियरिङ० उपस्थित भई विद्युतसँग सम्बन्धित विविध पक्षहरूको जानकारी दिनुभएको थियो ।

सिकेका कुराहरूलाई विद्यार्थीहरूले पेपर तथा पावर प्रिजेन्टेसन पनि गरेका थिए भने भर्चुअल रुपमा भारतको आरएमके माध्यामिक विद्यालयका विद्यार्थीहरूसँग आफ्ना कार्य र अनुभवहरूको आदानप्रदान पनि गरेका थिए ।

जलविद्युत गृह निर्माणका लागि आबश्यक डाइनामो, टर्वाइन, पाइप, तारहरू, एलइडि बल्ब आदि विद्यालयले उपलब्ध गराएको थियो । त्यसरी उपलब्ध सामाग्रीहरू लाई प्लाइउड र फेब्रिक बाट बनाइएको नमूनापावर हाउसमा जडान गर्ने कामविद्यार्थीहरूले गरेका थिए ।

विद्यार्थीहरूले फेब्रिकबाट बनाइएको ड्याममा पानी जम्मा गरेर पाइप मार्फत टर्बाइनमा पानी खसाली डाइनामो मार्फत विद्युत उत्पादन गर्न सफलभएका हुन् ।

प्रोजेट २ स् हाम्रो चाडपर्व

हिम रश्मीका कक्षा २ र ३ का विद्यार्थीहरूले विद्यालय खेलेको बेला दशैँ, ल्होसार, योमरी, इद जस्ता पर्वहरु विद्यालयमा नै मनाएका छन् । अहिले भर्चुल माध्यमबाट पाकिस्तान र भारतका विद्यालयहरुसँग सहकार्य गर्दै आएका छन् ।

हिमरश्मि हाई स्कुलका विद्यार्थीहरूले नेपालको विभिन्न चाडपर्वहरूको नमूना प्रदर्शन गरेका छन् । समाजिक विषयको पठन पाठनसँगै पाठ्यपुस्तकमा उल्लेख गरिएको विभिन्न चाडपर्वहरूको महत्व र त्यसलाई मनाउने प्रकृया व्यवहारिक रुपमा सिकाउनका लागि वार्षिक परियोजना कार्यका रुपमा ‘हाम्रा चाडपर्वहरू’ शीर्षकमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको कुरा यस परियोजनाको नेतृत्व गरिरहनु भएको शिक्षिका शान्ति बोगटीले बताउनुभयो ।

परियोजनाका रुपमा विद्याथीहरूले योमरी पूर्णीमा, इद, ल्होसार र दशै जस्ता चाडहरूमा गरिने सबै गतिविधिहरूको नमूना प्रदर्शन गरेका थिए । चाडपर्वसँग सम्बन्धित विभिन्न गतिविधिसँगै संस्कृतिसँग जोडिएका सांस्कृतिक गीत र नृत्य पनिप्रदर्शन पनि गरेका थिए ।

इदको उपबासपछि खाइने सेबइ, योमरी पूर्णीमामा बनाइने योमरी, तिहारमा पकाइने सेलरोटी, विद्यार्थीहरूले विद्यालयमा नै पकाएर शिक्षकशिक्षिका र साथीहरूलाई खान दिएका थिए । यसै क्रममा चाडसँग सम्बन्धित मिथकको बारेमा विद्यार्थीहरूले वक्तृत्वकलाको प्रस्तुति र चार्टपेपर प्रदर्शन पनि गरेका थिए ।

यो परियोजना पाठ्यक्रम विकासकेन्द्र र शिक्षा मन्त्रालयको सुपरिवेक्षण र बृटिस काउन्सिलको प्रत्यक्ष सम्लग्नतामा सञ्चालित आईएसए अवार्डका लागि सञ्चालन गरिएको कुरा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले बताउनु भयो ।

अन्तर्राष्ट्रिय सहकार्यको रुपमा रहेको यो परियोजनाका गतिविधिहरूलाई पाकिस्तानको साङ्लाहिल स्थित जीएचएस स्कुल, कलकत्ता स्थितसेन्ट अगस्ताइन डे स्कुलर भरतराम मोडेल स्कुलसँग भर्चुअल माध्यामबाट साटासाट गरिएको थियो ।

 प्रोजेट ३ स् कथा लेखन

हिम रश्मीका कक्षा ४र५र६ का विद्यार्थीहरुले आफैं कथा लेख्दै श्रीलंका र पाकिस्तानका विद्यालयहरुसँग शेयर गर्दैछन् । नेपाली विद्यार्थीले श्रीलंकाको भाषा र श्रीलंकाको विद्यार्थीहरूले नेपाली भाषा सिक्दै कथाहरु शेयर गर्दैछन् ।

प्रोजेट ४ स् प्राथमिक उपचार र सुरक्षा उपाय

यस प्रोजेटका लागि हिम रश्मी हाई स्कुलले पव्लिक–प्राइभेट सहकार्य अन्तर्गत सामुदायिक विद्यालय पृथ्वीनारायण मा।वि।का विद्यार्थी र हिम रश्मीका विद्यार्थीहरुले संयुक्त रूपमा सिक्नुका साथै सहकार्य गरेका छन् । विद्यार्थीहरले परम्परागत उपचार विधी र अहिलेको नयाँ मेडिकलले ल्याएको मोर्डन प्राथमिक उपचारको विधि अपनाएका छन् ।

यसका लागि डाक्टर नर्स र पुरानो परम्परागत उपचार विधिका लागि पुराना जेष्ठ विज्ञ मानिसको सहायतामा विद्यार्थी भाइबहिनीहरुले विद्यालयमा जम्मा भएर हात भाँचीएको उपचार ट्रेडिसनल विधी र अहिलेको आधुनिक मेडिकल विधीलाई प्रयोग गरेर उपचार गर्न सफल भएका छन् ।

यसको प्रयोगबाट विद्यार्थीहरुले विद्यालयमा, सडकमा वा आफ्नो घरमा कुनैपनि समस्या भइपरिहालेको अवस्थामा सबैभन्दा पहिला बिरामीलाई अस्पताल पु¥याउनुभन्दा अगाडी गर्नुपर्ने प्राथमिक उपचार सहजै गर्न सक्ने भएका छन् । यसका लागि विज्ञहरुको सहयोगमा विद्यार्थीले सिकेर प्रयोग गरिसकेका छन् ।

 

प्रोजेट ५ स् गौंचली खेल

गौंचली खेल तारकेश्वरको पुरानो लोपोन्मुख भएर गएको खेल हो । हिम रश्मीका विद्यार्थीहरुले यस खेललाई पत्ता लगाएका हुन् । यो खेल काठमाडौं जिल्लाकै लोपोन्मुख खेल रहेको बुझिएको छ । अहिले यस खेललाई विद्यार्थीहरुले खेलेर तारकेश्वरको स्थानीय पाठ्यक्रममा नै राख्न सफल भएका छन् ।

प्रोजेट ६ स् स्वच्छ पिउने पानीका लागि हाम्रो प्रयास

हिम रश्मीका कक्षा ८ र ९ का विद्यार्थीहरुले समुदायमा रहेका खानेपानीका मुहानहरु सरसफाई गर्दै त्यसको महत्व र समाजमा बुझाउन सफल भएका छन् । विद्यार्थीहरुले पहिलोपटक खानेपानी संस्थानको भिजिट गरेर पानी वितरण प्रणालीको बारेमा त्यहाँका विज्ञहरुबाट धेरै कुरा सिक्न सफल भएका छन् ।

प्रोजेट स् ७ बृद्धबृद्धाहरुका लागि हाम्रो जिम्मेवारी

हिम रश्मीका कक्षा ६ र ७ का विद्यार्थीहरुले नाटक अभिनय गरेर बुढेसकालका मानिसहरुको हेरचाह गर्नुका साथै उनिहरुप्रतिको जिम्मेवारी बहन गरेका थिए । त्यस्तै जेष्ठ नागरिकहरुका लागि सहयोग गर्दै आएको छ । वृद्धाआश्रममा गएर सहयोग गर्दै आएको छ ।

प्रोजेट ८ स् सामाजिक उत्तरदायित्वमा व्यवसाय

यस प्रोजेटका लागि कक्षा ११ र १२ का विद्यार्थीहरुले गरिरहेका छन् । विद्यार्थीहरुले सामाजिक उत्तरदायित्वमा व्यवसायको भूमिकाबारे लेख, समाचारहरु पावर पोएन्टबाट प्रस्तुत गरेका थिए । सामाजिक कार्य अन्र्तगत जनचेतनामुलक कार्यमा सहभागिता जनाउनुका साथै अथान बालबालिका आश्रममा गएर राहत वितरण गरेको छ ।

त्यस्तै हिम रश्मीका विद्यार्थीहरुले मेरो कथा, मेरो कथन, तिहार फेस्टीभल, हिम रश्मीका नर्सरी, एलकेजी, यकेजीका विद्यार्थीहरुले कलर र कलर पेपरको सहायतमा क्राफ्टको विधीबाट पानीमा बस्ने जनावरहरुको चित्र बनाएका थिए ।

त्यस्तै अर्को त्रिकोणीय प्रिज्म रहेको छ । यसमा कक्षा ९ र १० का विज्ञान र गणित विषय पढ्ने विद्यार्थीहरुसँग सम्बन्धीत रहेको छ । यसमा प्रकाश फैलावटको ३ ओटा विधिलाई प्रयोग गरेर हरेरिएको छ ।

अन्तरभाषिक अध्ययनमा हिम रश्मीका विद्यार्थीहरू

ब्रिटिस काउन्सिलले सञ्चालन गरेको आइएसए अवार्डका लागि सञ्चालन गरिनु पर्ने भाषिक सिकाई गवितविधिका लागि विद्यालयले विद्यार्थीहरूलाई सिंहाला भाषा सिकार्इ रहेको छ ।

श्रीलंकाको सन्डालाका सेन्टर कलेजको सहकार्यमा भर्चुअल माध्यमबाट हरेक हप्ता दुवै विद्यालयका विद्यार्थीहरूले एक अर्काको भाषा सिक्ने र सिकाउने कार्य चलिरहेको छ । हिमरश्मिका विद्यार्थीहरूले श्रीलङ्काका विद्यार्थीहरूलाई नेपाली भाषा सिकाइरहेका छन् भने श्रीलङ्काका विद्यार्थीहरूले यहाँका विद्यार्थीहरूलाई सिंहाली भाषा सिकाइरहेका छन् ।

यस क्रममा हिमरश्मि हाई स्कुलकी छात्रा ग्रेसी ज्ञवालीले सिंहाला भाषामा कथा सुनाउनु भएको थियो भने सन्डालाका सेन्टर कलेजकी छात्रा सुनिमली उथ्थराले नेपाली भाषामा कथा सुनाउनु भएको थियो । भाषिक सिकाइमा सन्डालाका सेन्टर कलेजबाट शिक्षिका रसङ्गिका दिसानायके र हिमश्मि हाई स्कुलबाट सितादेवी भण्डारी तथा रेखा सापकोटाले सहजीकरण गरिरहनुभएको छ ।

Must View