नागरिक पोष्ट News


धर्मस्थलीमा अगुवा कार्यकर्ता भेला कार्यक्रम

0.9K

काठमाडौं - नेकपा एमाले तारकेश्वर–६ मा धर्मस्थलीमा अगुवा कार्यकर्ता भेला कार्यक्रम भएको छ । उक्त अगुवा कार्यकर्ता भेलाबाट नेकपा एमाले तारकेश्वर–६ मा २९ सदस्यीय वडा कमिटी समेत गठन भएको छ । उक्त वडा कमिटी बासुदेव तिम्लिसीनाको नेतत्वमा भएको हो ।

सो कार्यक्रममा अगुवा कार्यकर्ता भेलाका साथै नेकपा एमाले तारकेश्वर–६ को कार्यालय समेत उद्धघाटन भएको हो । उक्त कार्यक्रम नेकपा एमाले बाग्मती प्रदेश सचिवालय सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यता र तारकेश्वर–६ का पार्टी अध्यक्ष बासुदेव तिमिल्सीनाको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहरा, नेकपा एमाले काठमाडौं जिल्ला सदस्य विश्वनाथ लामिछाने, बतिसा महर्जन हरीशरण तिमिल्सिना, तारकेश्वर नगर अध्यक्ष बासु गौतम, नगर सचिब राजु तिमिल्सिना युवासंघ तारकेश्वरका अध्यक्ष सुमन महर्जन लगायतका व्यक्तिहरु सहभागी रहेका थिए ।

Must View