नागरिक पोष्ट News


विद्यालयको लेखापरिक्षण गर्नका लागि नगर शिक्षा शाखामा तत्काल सम्पर्क राख्न तारकेश्वर नगरपालिकाको सूचना

1.4K

काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक विज्ञप्ति निकालेर सामुदायिक र संस्थागत विद्यालयहरुलाई आर्थिक वर्ष २०७७र७८ को १५ दिनभित्र लेखापरिक्षण गर्न निर्देशन दिएको छ । नगर शिक्षा शाखा अधिकारी होमनाथ न्यौपानेले निकालेको विज्ञप्तिमा विद्यालय शिक्षा व्यवस्थापन कार्याविधी २०७५ को परिच्छेद १५ नियम ९२ ९१० बमोजिम विद्यालयहरुलाई १५ दिनभित्र लेखापरिक्षण गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

लेखा परिक्षण गर्नका लागि थप डकुमेन्ट १५ दिनभित्र नगरपालिकामा पेस गर्नुपर्नेछ । जसमा आर्थिक वर्ष २०७७र७८ सम्मको लेखापरीक्षण प्रमाण पत्र नविकरण गरेको इजाजत पत्रको प्रतिलिपी । आ।व। २०७७र७८ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

संस्थागत विद्यालयको हकमा मात्र चालु आ।व।का लागि चार्टड एकाउन्टेन्टस संस्था आइक्यानमा लेखापरिक्षण नवीकरण गरेको प्रमाणपत्र । सामुदायिक विद्यालयको हकमा सम्बन्धित इच्छुक लेखापरिक्षकहरूले उल्लेखित कागजातहरु सहित लेखापरिक्षण गर्ने आशय लिखित रुपमा तारकेश्वर न।पन। शिक्षा युवा तथा खेलकुद शाखामा पेस गर्न अनुरोध गरेको छ ।

Must View