अष्ट्रेलियाको मलेवर्नमा अहिलेसम्मकै ठूलो भूकम्प गयो
एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा ६ म्याग्नेच्युडको भूकम्प गएको छ। बुधबार बिहान त्यहाको स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्नन जिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो। अष्ट्रेलियाको यो क्षेत्रमा निकै कम भूकम्प जान्छ। यसअघि सन् १९८९ मा न्युक्यासलमा ५.६ म्याग्नेच्युडको भूकम्प गएको थियो।
सामाजिक सञ्जालमा फुटेजले केहि भवनहरुमा क्षति देखाइएको छ, तर कुनै चोटपटक तत्काल रिपोर्ट गरिएको छैन। भूकम्प छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरिएको थियो।
भिक्टोरिया राज्य आपतकालीन सेवाले बासिन्दाहरुलाई सम्भावित भूकम्पको लागी सतर्क रहन चेतावनी दिएको छ। भिक्टोरियामा हुनुहुन्छ भने, तपाइँ खतरामा हुनुहुन्छ।