नागरिक पोष्ट News


तारकेश्वरमा भोलीदेखि कोभिड–१९ विरूद्ध खोप भेरोसेलको दोस्रो मात्रा ११ स्थानबाट लगाइदै (विज्ञप्तिसहित)

1K

काठमाडौं । तारकेश्वर नगरपालिकामा भोलीदेखि कोभिड–१९ विरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । असोज ६ गतेसम्म तारकेश्वरका ११ ओटा वडाका ११ वटै स्थानबाट खोप लगाउने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । खोप लगाउन जानेहरुले पहिलो मात्रा लगाएको खोपको कार्ड अनिवार्य लैजानुपर्नेछ ।

खोप लगाइने स्थानहरुमा तारकेश्वर १ को साङला प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. २ को काभ्रेस्थली स्वास्थ्य चौकी, वडा नं. ३ को जितपुरफेदी स्वास्थ्य चौकी, वडा नं. ४ को शहरि स्वास्थ्य केन्द्र, वडा नं. ५ को गोलढुंगा स्वास्थ्य चौकी, वडा नं. ६ को ग्रामसेवा मावि, वडा नं. ७ को फुटुङ स्वास्थ्य चौकी, वडा नं. ८ को मनमैजु स्वास्थ्य चौकी, वडा नं. ९ को शहरि स्वास्थ्य केन्द्र, वडा नंं. १० को शहरि स्वास्थ्य केन्द्र र वडा नं. ११ को शहरि स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म चल्नेछ ।

Must View