नागरिक पोष्ट News


चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

1.4K

काठमाण्डौ, असोज ५ । परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको "सबै कुरा भुल तिमी आमाबुवा कहीले नभुल"बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माता निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त भिडियोमा वरिष्ठ अभिनेता चीज कुमार श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ भने सहनिर्देशन रजनी के.सि.को रहेको छ । गायक जे बि बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक गीतमा स्वयमा गायक विष्टकै शब्द संगीतमा रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ ।

काठमाण्डौको पर्यटकिय धार्मिक स्थल सांखुमा रहेको निकै नै रमणीय ठाउँ पालुबारिको 'पालुबारि होम स्टे'लगायतका ठाउँहरुमा छाँयाकन भएको उकत भिडियोलाई निकै नै अनुभवी वरिष्ठ सिनेम्याटोग्राफर राजु के.सि.ले खिचेका हुन । समाजसेवी शंकर दुलालको विशेष सहयोगमा बनेको भिडियोमा सम्पादन गौतम राज खडका, मेकअप मुना नेपाली राई र फिल्ड सपोर्टमा सुमन कुमार श्रेष्ठ र कपिल कार्की रहेका छन । भिडियोलाई निर्माता निर्देशक अभिनेता निर्मल शर्माको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Must View