नागरिक पोष्ट News


बाल अभियन्ता प्रेन्सा रेग्मी जनसेवाश्रीबाट विभूषित

1.8K

काठमाडौं : बाल अभियन्ता प्रेन्सा रेग्मीलाई सरकारले जनसेवाश्रीबाट विभूषित गरेको छ । ​सामाजिक कार्यमा सक्रिय रहेकी रेग्मीलाई संविधान दिवसको अवसरमा सरकारले जनसेवाश्रीबाट विभूषित गरेको हो ।

पोखरा घर भएकी बाल अभियन्ता प्रेन्सा सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय रहेकी छिन् । उनले अहिलेसम्म थुप्रै सामाजिक अभियान चलाईसकेकी छन् । कोरोना महामारीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाइ अभियान,१६ बर्ष मुनिका बालबालिकालाई मद्यपान,धूम्रपान सेवन नगर्न र बिक्रीबितरण नगर्ने अभियान लगायत अभियान थाली सकेकी छिन् । गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बालिकामाथी हुने हिंसा,बलात्कारका घटना न्यूनीकरणका लागी कडा कानुन बनाउनु पर्ने माग राखेकी थिइन् ।

Must View