नागरिक पोष्ट News


शाहरुख खानकी छोरी सुहाना खानको नयाँ फोटोशुट

1.3K

बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान एकदमै स्टाइलिस्ट रहेकी छिन् । उनको फेशन र स्टाइल एकदमै छिटो भाइरल हुने गरेको छ । इन्ष्टाग्राममा उनी एकदमै सक्रिय रहने गरेकी छिन् । उनको इन्ष्टामा २ मिलियन फलोअर्स रहेका छन् ।

सुहानाको फोटोशुट फ्यानहरुको बीचमा सधै चर्चाको शिखरमा रहने गरेको छ । हालै उले एक फोटोशुटको झलक फ्यानहरुका माझमा शेयर गरेकी छिन् । सुहानाले आफ्नो इन्ष्टा स्टोरीमा एक कोलाज फोटो शेयर गरेकी छिन् ।

यस फोटोमा उनी एकदमै एलिगेन्ट तथा चार्मिंग देखिएकी छिन् । उनले क्रिम कलरको कपडा लगाएकी छिन् । खुल्ला कपाल, न्युड मेकअपले सुहानालाई अत्यन्तै राम्री देखिएको छ । फोटोमा उनी एकदमै स्टनिंग देखिएकी छिन् ।

उनले यस भन्दा पहिला सन्डे इन्जोय गर्दै गरेको केही तस्बीरहरु शेयर गरेकी थिईन् । उनको फोटोशुट एकदमै छिटो भाइरल हुने गरेको छ । स्टाइल स्टाइलका फोटोहरु उनले आफ्नो इन्ष्टामा शेयर गरि रहेकी हुन्छिन् ।

Must View