नागरिक पोष्ट News


दाइजो नल्याएको भन्दै सीता पटेललाई ससुरा र श्रीमानले ज्यान मार्ने धम्की, न्याय खोज्दै काठमाडौंमा

1.2K

काठमाडौं : दाइजो नल्याएको भन्दै पर्सा जिल्ला घर भएका सिता पटेललाई श्रीमान र ससुराले कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौं आएकी छिन् । २ महिना अघि मात्र सीता पटेल र उमेश शाह गोढको अदालती विवाह भएको एक हप्तामा नै सितालाई आफ्नै ससुरा जवाविर शाहले ज्यान मार्ने धम्की दिएको थियो ।

यस्तै न्याय माग्दै प्रहरी समक्ष पुगेका सितालाई प्रहरीले समेत आफूलाई कुटपिट गरी ज्यान मार्ने धम्की दिएको सिताको भनाई छ । (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित पटेलले श्रीमान उमेश साह गोढ र ससुरा जवाहिर साह गोढले कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएको बताउनु भयो । उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झुठा मुद्दा लगाई थुनामा समेत राखेर यातना दिइयो ।’

अदालतबाट माग भए अनुसार धरौटी बुझाएर भदौ २२ गते कारागारबाट आफू थुनामुक्त भएको सुनाउदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् । कोठाबाट परिवारले ३२ इन्चको एलसीडी टीभी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित १ थान गहना लगेको छ । सामुदायिक प्रहरी पर्साका सचिव दिलिप प्रधानले आफ्नो कपाल समातेर टाउको ठोक्काइ दिएको भन्दै तत्काल कारवाहीको माग गरेको छ ।

प्रधानसहित आएका ससुराले चक्कुले ज्यान मार्ने उद्देश्यले आफूलाई ४–५ पटक पिठ्युमा प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको समेत सिताको भनाई छ । कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छिन् । श्रीमानसँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।

 

Must View