राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक २०७८ पारित
623
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बाबजुत पनि राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । सोमबार राष्ट्रियसभाको दोस्रो बैठक एमालेका सांसदहरुले विभिन्न नाराबाजी गर्दै अवरोध गरेका थिए ।
तर, अवरोधका बीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो ।