नागरिक पोष्ट News


सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्धारा बहिष्कार

777

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण स्थगित भएको संसद सुचारु गर्ने विषयमा छलफल गर्न सभामुखले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ । वैठक बानेश्वर स्थित ल्होत्से हलमा शुरू भएको हो ।

सभामुखले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने सहभागि भएका छैनन् । १४ जना माथि गरिएको कारवाहीको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिनुपर्ने सर्त राखेको एमालले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक बहिष्कार गरेको हो । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमाकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लगायतको सहभागिता छन् ।

सर्वदलीय छलफलमा लागि सभामुख सचिवालयले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेको थियो । सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।

Must View