नागरिक पोष्ट News


किन प्रेम सम्बन्ध स्विकार गर्दैनन् कलाकारहरू ?

1.7K

नायिका नीता ढुंगाना र कलाकार तथा ज्योतिष हरिहर अधिकारी एक बर्ष भन्दा लामो समयदेखि प्रेम सम्बन्धमा छर्पष्टै छ ।नीता र हरिहरको प्रेम सम्बन्ध दर्शक र मिडियामाझ लुकेको छैन । तर, यो जोडीले आजसम्म प्रेम मिडियामा स्विकार भने गरेको छैन ।

नीता र हरिहरले आज पनि आफूहरुलाई मिल्ने साथी भन्छन् । प्रेम सम्बन्धमा रहेको एक बर्ष बढी भैसक्दा पनि यो जोडीले साथी मात्र भन्नुको कारण फ्यान क्रेज कम हुन्छ भनेर होइन । बरु, प्रेममा रहेको स्विकार गर्दा मिडिया हाइप कम हुने र दर्शकका लागि रहस्य केही पनि नरहने वुझाई उनीहरुको बुझ्न सकिन्छ ।

केही समय पहिलेसम्म कलाकारहरुले प्रेम सम्बन्ध सार्वजनिक गर्दा फ्यान क्रेज कम हुने डरमा हुन्थे । तर, अहिले कलाकारहरु मिडियाको हेडलाइनमा सधैभरी छाउनका लागि प्रेममा रहेर पनि स्विकार गर्दैनन् ।कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटी केही महिनादेखि प्रेममा छन् ।

तर, प्रेममा रहेर पनि यो जोडी साथी मात्र भएको बताउँछन् । वर्षाले त आफू अहिलेसम्म प्रेममा नै नरहेको र सबै हल्ला मिडियाले अड्कलबाजीको भरमा गरिदिएको बताउछिन ।नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको प्रेम चर्चा पनि करिब ३ बर्ष चल्यो ।

३ बर्ष प्रेम सम्बन्धको चर्चा चल्दा यो जोडीले साथी भन्दा माथिको सम्बन्ध रहेको कहिल्यै स्विकार गरेन । तर, ३ बर्षसम्म यी दुइको चर्चा एक अर्कासँग जोडिएर नै भयो । र जसका कारण उनीहरु सधै नै मिडियाको केन्द्रमा रहन पुगे ।नायिका पूजा शर्मा विगत केही महिनादेखि युद्ध बाँनिया नाम गरेका व्यापारीको प्रेममा छिन् ।

युद्ध र पूजाले पनि प्रेममा रहेको स्विकार गरेका छैनन् । बरु, पूजाले त युद्ध आफ्नो मिल्ने साथी भएको प्रतिक्रिया दिने गरेकी छिन् ।नायिका मलिका महत्त र मोडल कुन्साङ बोमजम केही महिनादेखि प्रेममा छन् । उनीहरु, सार्वजनिक कार्यक्रममा पनि एक अर्कासँगै निक्कै नजिकको व्यवहार देखाउँछन् ।

तर, पनि दुबै आफूहरु मिल्ने साथी रहेको र एक अर्कालाई वुझिरहेको तर्क उनीहरु गर्छन् ।प्रेम स्विकार गर्दा दर्शक तथा मिडियाका लागि रहस्य कम हुने र यसले चर्चा नहुने वुझाईका कारण प्रेममा रहेर पनि यसलाई स्विकार गर्न रुचाउँदैनन् ।

Must View