नागरिक पोष्ट News


सामूहिक भावनामा अघि बढ्छु, तर सैनिक आचरण विपरितका गतिविधि क्षम्य हुँदैन - प्रधासेनापति प्रभुराम शर्मा

1.5K

काठमाडौं । प्रधासेनापति प्रभुराम शर्माले सैनिक अनुशासन, पदीय मर्यादा र आचरण विपरीतका गतिविधि क्षम्य नहुने बताएका छन् ।

सैनिक नेतृत्व सम्हालेपछि पहिलो पटक सम्बोधन गर्दै शर्माले आफ्नो कार्यकालभरि सामूहिक नेतृत्वको भावना अनुसार अघि बढ्ने उद्घोष गरे । तर सैनिक आचरण विपरीतका गतिविधिविरुद्ध खरो उत्रिने बताए ।

उनले भनेका छन्, ‘नेपाली सेना ऐतिहासिक कालखण्डदेखि नै पद्दति र प्रणालीमा आधारिक संगठन थियो । आज पनि छ र भोलि पति रहनेछ । यस संगठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावना अनुरुप कार्य गर्नै पर्छ ।’

उनले अगाडि भनेका छन्, ‘तर नेपाली सेनाको तेजोबध हुने गरी संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि क्षम्य हुनेछैन ।’

शर्माले सैनिक नेतृत्व सम्हाल्दै गर्दा आफूलाई गहन जिम्मेवारी बोध भएको बताएका छन् । उनले अन्तर्रार्ष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको वातावरण अनिश्चित, अस्थिर तरल तथा जटिल रहेको बताउँदै नेपाली सेनासामूह थप चुनौतिहरु रहेको बताएका छन् ।

Must View