संखुवासभा हत्या काण्डका आरोपीको बयान : तेजबहादुरलाई मात्र मार्न खोजेको थिए सबैले थाहा पाए, त्यसैले परिवारका ६ नै जनालाई पालै पालो मारिदिए
काठमाडौं । संखुवासभा सामूहिक हत्या काण्डको हत्यारा पक्राउ परेका छन् । हत्याराले दिएको साबिती बयानमा तेजबहादुरलाई मात्र मार्न खोजेको तर अरूले देखेपछि सबैलाई मारिदिएको बताएको प्रहरीले जनाएको । तेजबहादुर कार्की धान गोड्ने खेताला लिन बिहान पाँच बजेतिर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ । कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे ।