सौर्य आँधी भनेको के हो ? सौर्य आँधी पृथ्वीमा ठोकिनाले हुनसक्छ यस्ता असर
काठमाडौं– पृथ्वीतिर तिव्र गतिमा बढिरहेको सौर्य तूफान आज धर्तीसंग ठोकिन सक्छ । विशेषज्ञका अनुसार मंगलवार अथवा बुधवार यो जियोम्याग्नेटिक आँधी पृथ्वीको वायु मण्डलसंग ठोकिने आशंका रहेको छ ।
सूर्यका कारण उत्पन्न भएको यो आँधी १६ लाख किलोमिटर प्रतिघण्टा भन्दा बढिको रफ्तारमा पृथ्वीतिर अघि बढिरहेको छ र यो छिट्टै पृथ्वीसंग ठोकिने आशंका गरिएको छ ।
सौर्य आँधी आउने कारण
सूर्यको वातावरणमा एउटा प्वाल परेको छ, जसमा आवेशित कण र तिव्र गति भएका हावाहरु निस्कन थालेको छ । तिव्रताका साथ धर्तितिर बढिरहेको छ यो आँधी १३ जुलाई देखि १४ जुलाईबीच ग्रहको केही भागमा आउन सक्छ । नेशनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन भन्छ–‘१६ लाख किलोमिटरप्रति घण्टाको रफ्तारमा चलिरहेको यो हावाको गति अझ बढि बढ्न सक्छ ।’
विवशेषज्ञका अनुसार उक्त आँधी वायुमण्डलसंग ठोकिनाले हलचल हुन सक्छ । यसले सेटेलाइट सिग्नललाई प्रभाव पार्न सक्छ । यसको सीधा असर रेडियो सिग्नल, सञ्चार र मौसममा पनि पर्न सक्छ । यो तिव्र गतिको हावाले पृथ्वीको म्याग्नेटोस्फीयरमा जियोम्याग्नेटिक आँधी ल्याउन सक्छ, जसमा मोबाइल, जिपिएस, स्याटेलाइट, टेलिभिजन, हवाई यात्रा आदिमा असर पर्न सक्छ ।
त्यति मात्र नभएर यो आँधी पृथ्वीको म्याग्नेटिभ फिल्डमा आउने अन्तरिक्षमा पनि महत्वपूर्ण असर पुऱ्याउन सक्छ ।
यो भन्दा पहिला नेशनल वेदर सर्भिसको स्पेस वेदर प्रेडिक्शन सेन्टरले जुन महिनामा जी– १ श्रेणीका भू–चुम्बकीय आँधी आउने बारेमा पनि भविष्यवाणी गरेको थियो । त्यस्तै भर्खरै ४ वर्षकै सबैभन्दा ठूलो सौर्य तुफान देखिएको थियो, जसले एट्लान्टिकमा रेडियो ब्ल्याकआउट उत्पन्न गरेको थियो ।
सौर्य आँधी भनेको के हो ?
सूर्यबाट ठूलो परिमाणमा उर्जा निस्कनु नै सौर्य आँधी हो । सौर्य आँधी निस्कने क्रममा अणु, आयोन, इलेक्ट्रोनको बादल अन्तरिक्षबाट छुट्टिने गर्दछ र
केही घण्टा पछि पृथ्वीको विद्युत चुम्बकीय क्षेत्रसँग ठोक्किन पुग्छ । यस समयमा सूर्यको गतिमा कमी आउनासाथ पृथ्वीमा खतरनाक विकिरणहरू पर्न सक्दछ र विकिरणबाट पर्न सक्ने खतरा पृथ्वी र पृथ्वीमा विद्यमान प्राकृतिक, सांस्कृतिक, जैविक लगायतका सम्पूर्ण जीव जगतलाई पर्न जान्छ । त्यस्तै सौर्य आँधी कै कारण विद्युत आपूर्ति, उपग्रहमा आधारित अधिकांश प्रणाली र विमान सेवा समेत प्रभावित हुन सक्छ । सन् २०१२ को मार्च ८ मा यस प्रकारको सौर्य आँधी आएको थियो भने यस प्रकारको आँधी सन्, १९७२ मा आउँदा अमेरिकी राज्य इलिनोइमा लामो दुरीको टेलिफोन लाइन समेत अवरूपद्द भएको थियो ।यो सौर्य आँधी त्यति धेरै खतरनाक भने नभएको पाइयो ।