नागरिक पोष्ट News


देशभरका ७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

700

काठमाडौं : महालेखा नियन्त्रकले देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुवात गरेको छ ।

स्थानीय तहको भुक्तानी प्रणालीको छिटो छरितो माध्यमबाट सञ्चालन गर्न महालेखा यो  प्रणलीको लागु गरिएको नियन्त्रक सुमनराज अर्यालले जानकारी दिनुभयो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र मार्फत भुक्तानी प्रणालीको शुरुवात गर्नुहुँदै महालेखा नियन्त्रक अर्यालले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।उहाँले शासकीय संयन्त्रमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीको क्षमता विकासमा विशेष पहल गरिने उल्लेख गर्नुभयो ।

सो प्रणालीको विकासले स्थानीय तहमा पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न थप बल पुग्नेछ । चेकबाट गरिने कारोबारभन्दा विद्युतीय कोष हस्तान्तरणबाट छिटोछरितो भुक्तानी हुनेछ ।

 

Must View