नागरिक पोष्ट News


साताको अन्तिम दिन पुँजी बजारमा गिरावट, ०.६० अंकले घट्यो नेप्से

1.3K

काठमाडौं -साताको अन्तिम दिन बिहीबार पनि पुँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज-नेप्से ०.६० अंकले घटेको हो । यो साता एक दिन मात्र नेप्से बढ्यो भने बाँकी चार दिन घटेको हो । नेप्से २ हजार ८ सय ७५.९७ विन्दुमा झरेको छ ।

जलविधुत्, जिवन विमा, लगानी र ब्यापारबाहेक अन्य उपसमूहको सूचक घटेको छ । हिमालयन पावर पार्टनरको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ। सानिमा लाइफ इन्सुरेन्स, रैराङ हाइड्रो पावरको सेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढिले बढेको छ । साधना लघुवित्त, अपि पावर, युनियन हाइड्रो पावर र माउन्टेन हाइड्रो नेपालको सेयर मुल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।

रिडी हाइड्रो पावरको सेयर मुल्य ५ प्रतिशतभन्दा बढिले घटेको छ । आइसिएफसी फाइनान्स, सपोर्ट लघुवित्त, नेपाल टेलिकम लगायत कम्पनीको पनि सेयर मुल्य घटेको छ । नेप्सेका अनुसार बिहीबार ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता सेयर खरिदविक्री भएको छ 

Must View